TRENDING
1win — регистрация в букмекерской конторе 1вин
1win — ставки на спорт в букмекерской конторе
1win casino and sportsbook in India
Гама казино онлайн – Gama Casino Online
Malina Kasyno Polska – Mobilna wersja platformy i gra na smartfonach
Next
Prev

कैलाली जिल्लाको होमस्टे भादागाउँमा मनाइयो गुरही पर्व

शेयेर गर्नुहोस


धनगढी/जमुना न्युरे”संरक्षण सम्बद्धर्न के लाग सक्कुजन करि काम ,सस्कृती भेषभुषा राखी हमार पहिचान ” भन्ने मुल नाराका साथ थारु समुदायमा आज गुरही (गुरिया) मनाएको छ ।कार्यक्रम थारुहोमस्टे गाउँ भादा पर्यटन बिकास तथा ब्यबस्थापन समिती धनगढी उपमहानगरपालिका वडा १६ भादा को आयोजनामा गरिएको कार्यक्रममा बडा कार्यलयले मुख्य प्रबर्द्धन रहेको थियो ।

कार्यक्रममा प्रकाश पार्दै होमस्टे संचालक समितिका अध्यक्ष तथा सभापति लक्ष्मी नारायण चौधरी ले थारु समुदायका रहनसहन तथा भाबी पुस्ताहरुलाइ कसरी आफ्नो संस्कार सस्कृंतिकलाई कसरी सरक्षण गर्दै हस्तान्तरण गर्ने गुरहि पर्व किसान सङ्ग बढी महत्व जोडिएको छ अहिले धान बाली लगाइ सके पछि धानमा किरा , रोगब्यादी हटाउनका लागि यो पर्व मनाउदै आएको छ।

कार्यक्रममा प्रमुख अतिथी आशन बाट बोल्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय सचिब प्रमोद भट्टराईले यस्ता प्रकारका सस्कृतिले सरक्षण सङ्ग पनि जोडिएको हुदा थारु समुदायको कला सस्कृतिलाई पर्यटन बिकास जोड्न सके , होमस्टेको माध्याम बाट पर्या पर्यटन बिकास गर्नका लागि आफू सधै तत्पर रहेको बताए।
होमस्टेले यहाँको कला सस्कृती सङ्गै प्रकृतिको पनि सरक्षण गर्दै आर्याआर्जनमा टेवा पुग्ने ,जलवायु परिवर्तनको असरलाइ न्यूनीकरण गर्न पनि मद्दत पुग्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष श्याम लाल रानाले स्थानीय स्तर बाट कला सस्कृती जोगाउदै ,कला सस्कृतीका माध्यम बाट आर्य आर्जन गर्न होमस्टेले निकै योगदान गरेको छ ,थारु समुदाय मनाइने विभिन्न चार्डपर्वले अहिले जिबिको पार्जनमा टेवा पुर्याएको छ , रैथाने तथा स्थानीय खानाका परिकारहरुले किसान उत्पादन गरेको तरकारी , अन्नबाली यहि खपत भै जिबिको पार्जन सङ्गै स्वरोजगारी बनाएको बताए ।

स्थानिय समाजसेबी हनुमान चौधरीले भने प्राकृतिक रुपमा पाइने बस्तु लोप हुन थालेका छ्न परम्परागत सास्कृतिक लोप हुँदै छ्न भने सस्कृतिक नाममा बिकृती फैलिएको बताए । गुरहिलाई गाईने किरा( ड्रगन फ्लाइ) को प्रतीक मानी कोर्रा हिर्काउदा रोगब्याधी टाढा भाग्ने विश्वास थारू समुदायमा रहेको छ।


यो पर्व नाग पञ्चमीको दिन मनाइने गरिन्छ । विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका बस्ती बस्तीका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको छ ।
गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन थारु समुदायमा रहँदै आएको छ ।

पर्वमा भाइ बहिनीको उपस्थिति विना अपूरो हुने हुँदा यस पर्वले दाजुभाइबिचको माया प्रेम थप प्रगाढ बनाउँदै आएको थारु बुद्धिजीवीहरूको भनाइ छ । कार्यक्रममा थारु परम्पराका परिकार हरु भुटेको मकै ,चना ढिक्री ,बरिया ,खडिया , लोकल कुखुरा , गगंटा , घोगी लगायत परिकार अथितिहरु लाई प्रसादको रूपमा दिइएको थियो भने सास्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

1win — регистрация в букмекерской конторе 1вин

1win — ставки на спорт в букмекерской конторе

1win casino and sportsbook in India

Гама казино онлайн – Gama Casino Online

Malina Kasyno Polska – Mobilna wersja platformy i gra na smartfonach

Casino Malina Polska – Bonus powitalny i promocje dla nowych graczy

सम्बन्धितखवर

छुटाउनु भयो कि !