चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन

शेयेर गर्नुहोस

धनगढी/चरा तथा जैविक विविधता संरक्षणका लागि कञ्चनपुरमा अभियान सञ्चालन गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ ९विसिएन०ले बेलौरी, पुनर्वास नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकामा चरा संरक्षणका लागि युवा सञ्जाल, विद्यालय शिक्षा, स्थानीय समुदाय, जनप्रतिनिधिसँग छलफल, गोष्ठी र तालिमसँगै सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

लोपोन्मुख चरा संरक्षण गर्न अभियान थालिएको सङ्घका कार्यक्रम सञ्चालक हिरुलाल डगौराले बताए । “जैविक विविधता संरक्षणमा जोड दिँदै चरा र वातावरणको सम्बन्धका बारेमा जानकारी दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “युवा, स्थानीय समुदायलाई चराको महत्वका बारेमा बुझाउँदै हिँडेका छौँ ।” जैविक विविधता जोगाउन नसक्दा पारिस्थितिक प्रणालीमा असर परी चराहरू सङ्कटमा परेको उनले बताए ।

जलवायुमा हुँदै आएको परिवर्तन, प्राकृतिक सम्पदाको अधिक दोहन, कृषिमा अत्यधिक मात्रामा प्रयोग हुँदै आएको रासायनिक मल र विषादीले चराहरू सङ्कटमा पर्दै गएको उनको बुझाइ छ । “चरा संरक्षण गर्न जैविक विविधता जोगाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “जैविक विविधता जोगिए मात्रै चराको अस्तित्व रहन्छ ।”

अति दुर्लभ खरमजुरको संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाहिरको क्षेत्र उल्टनपुर, नन्दगाउँ, किसान मध्यवर्ती क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

प्रजननको समयमा खरमजुर निकुञ्जको भित्री भागमा रहेको घाँसेमैदानमा आउने भए पनि त्यसपछिको समय निकुञ्ज बाहिरका घाँसेमैदानमा बिताउने गर्दछन् । वासस्थान पुनः स्थापना र सुधार गर्न बाह्य क्षेत्रको घाँसेमैदान व्यवस्थापन गरिएको डगौराले जानकारी दिए

सन् २०२३ को गणनाअनुसार यहाँ खरमजुरको सङ्ख्या पाँच मात्रै रहेको थियो । उहाँका अनुसार कञ्चनपुरमा पाइने कालो गरुड, राजधनेश, सारस, सेतो गरुडलगायत लोपोन्मुख अवस्थाका चरा संरक्षण गर्न समुदायलाई सचेत गरिँदै आएको छ ।

पछिल्ला केही वर्षयता जलवायु प्रदूषणका कारण जलपन्छीको वासस्थान र आहारामा कमी आएको उहाँको भनाइ छ । “बेलौरी क्षेत्रकै पुरैना ताल जलपन्छीका लागि प्रख्यात छ”, चरा संरक्षणकर्मी रहनुभएका डगौराले बताए ।“अतिक्रमणको चपेटामा पर्दै गएको र पुरिँदै जान थालेको ताललाई जोगाई चरा पर्यटन क्षेत्रका रूपमा यसलाई विकसित गर्न सकिन्छ, यसका लागि स्थानीय तहले चासो दिनुपर्छ ।”

चरा तथा जैविक विविधता संरक्षणको अभियानमा ऐक्यबद्धता जनाउनुभएका कुण्डा सब डिभिजन वन कार्यालय प्रमुख दिनेशकुमार यादवले चराका आठ सय ९१ प्रजाति नेपालमा पाइने गरेकामा जसमध्ये एक सय ६८ प्रजाति सङ्कटमा रहेको जानकारी दिए । उनका अनुसार कञ्चनपुरमा मात्रै चराका चार सय बढी प्रजाति पाइन्छन् ।

“चराको वासस्थान जोगाउन निकै चुनौती छ,” उहाँले भन्नुभयो, “पछिल्ला केही वर्षदेखि वन क्षेत्रमा लाग्ने डढेलोले चराको वासस्थानमा असर पुगेको छ, चराको वासस्थान जोगाउन डढेलो लाग्न दिन हुन्न ।” तालतलैया, सिमसार क्षेत्र जोगाउनु उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

उहाँका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पन्छी सिकार गरी मारेमा वा घाइते बनाएमा रु १५ हजारदेखि रु ३० हजारसम्म जरिवाना वा तीन महिनादेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

सोही ऐनअनुसार राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिई संरक्षित पन्छीबाहेक अन्य पन्छी सिकार गरेमा वा घाइते बनाएमा रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।

जनचेतनाका कारण हाल चरा सिकारमा निकै कमी आएको बेलौतीस्थित अमर स्मृति सामुदायिक वनका अध्यक्ष खडकबहादुर चौधरी बताए । “चरा र जैविक विविधता संरक्षण अभियान घर र टोलसम्म पुग्न थालेपछि स्थानीय बासिन्दा चराको महत्त्व बुझ्दै गएका छन्,”उनले भने “चराले पुर्‍याउने फाइदाबारे बुझ्ने अवसर पाएका छन् ।”

यस कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ । चरा तथा जैविक विविधता संरक्षणका लागि विसिएनलाई अमेरिकी सहयोग नियोग ९युएसआइडी०को जल जङ्गल परियोजनाअन्तर्गत आर्थिक सहयोग रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

HighSpin Casino Slot Games for Players Worldwide

The Spinboss Casino Slot Machine Experience Review Guide

Mystbet Casino Slot Machines and Odds Explained

Spinfin Slot Machines and Player Strategies in Online Casino Games

Reaching the Underworld with Hadesbet Slots

The Evolution of Slimking Slots in Modern Casino Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !