TRENDING
Authentic gameplay experiences await with classic casino login and exclusive benefits
Spielfreude erleben mit online casino ohne echtgeld und cleveren Strategien für entspanntes Entertainment
Absolument fascinants, les secrets bien gardés du mad casino et les astuces pour des gains inattendus
Kényelmes szórakozás a virtuális világban a megbízható ggbet platformon mostantól vár rád
Eccezionali prospettive di gioco online si svelano con Wazamba casino per appassionati di scommesse sicure
Next
Prev

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता: आठौँ दिनमा घोडाघोडी र सैपाल युवा क्लब विजयी,हिमालय र विजय स्पोर्ट्सले अङ्क बाँडेँ

शेयेर गर्नुहोस


सुखड /कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज आठौँ दिनमा बिहान र दिउँसो गरी दुई वटा ‘ए’ डिभिजनका खेल र एक वटा क्वालिफायर्स खेल भएको छ ।

बिहान भएको ‘ए’ डिभिजनको पहिलो खेल हिमालय युवा क्लब भजनी र विजय स्पोर्ट्स क्लब धनगढी बिच भएको थियो । निर्धारित सयमा हिमालय युवा क्लब भजनीको १ गोल र विजय स्पोर्ट्स क्लब धनगढीको १ गोल भएको थियो । दुई टिमको गोल बराबर भए पछि हिमालय युवा क्लब भजनी र विजय स्पोर्ट्स क्लब धनगढीले एक एक अङ्क बाँडेका छन् । उक्त खेलको म्यान अफ द म्याच भने हिमालय युवा क्लब भजनीका तिलक ठकुल्ला घोषित भएका थिए ।

त्यसै गरी दिउँसो सम्पन्न भएको दोस्रो क्वालिफायर्स खेल सैपाल युवा क्लब गोदावरी र टेक बहादुर चोखाल प्रतिष्ठान धनगढी बिच भएको थियो । जसमा सैपाल युवा क्लब गोदावरीले ३ गोल प्रहार गर्दे टेक बहादुर चोखाल प्रतिष्ठान धनगढीलाई हराएको थियो । निर्धारित खेल समयमा टेक बहादुर चोखाल प्रतिष्ठान धनगढीले गोल फर्काउन सकेन । खेल हारे सँगै टेक बहादुर चोखाल प्रतिष्ठान धनगढी बाहिरिएको छ भने सैपाल युवा क्लब गोदावरी फाईनलमा प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याच सैपाल युवा क्लब गोदावरीका खेलाडी प्रदीप चन्द घोषित भए ।

ब्म्म्
आजै भएको दिउँसो तेस्रो ‘ए’ डिभिजनको खेल घोडाघोडी क्लब घोडाघोडी र मनकामना युवा क्लब धनगढी बिच भएको थियो । जसमा घोडाघोडी क्लब घोडाघोडीले १ गोल प्रहार गर्दे मनकामना युवा क्लब धनगढी लाई हराएको थियो । निर्धारित खेल समयमा मनकामना युवा क्लब धनगढीले गोल फर्काउन सकेन । घोडाघोडी क्लब घोडाघोडी र मनकामना युवा क्लब धनगढी बिच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । सो खेलमा मनकामना युवा क्लब धनगढीका जर्सी नम्बर २ का खेलाडी सन्दीप गुरुङले रेड कार्ड पाएका थिए । उक्त खेलको म्यान अफ द म्याच घोडाघोडी क्लब घोडाघोडीका खेलाडी शिशिर केसी घोषित भएका थिए ।

वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ए डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Authentic gameplay experiences await with classic casino login and exclusive benefits

Spielfreude erleben mit online casino ohne echtgeld und cleveren Strategien für entspanntes Entertainment

Absolument fascinants, les secrets bien gardés du mad casino et les astuces pour des gains inattendus

Kényelmes szórakozás a virtuális világban a megbízható ggbet platformon mostantól vár rád

Eccezionali prospettive di gioco online si svelano con Wazamba casino per appassionati di scommesse sicure

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

एक दिने दात तथा कानको निशुल्क सिबिर सम्पन्न

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,बनबेहडा,कैलालीको आयोजना,सुदुर पश्चिम् डेन्टल अस्पताल,इन्प्याक्ट नेपालको सहकार्य तथा ६ न. वडा कार्यालयको समन्वयमा १ दिने कान तथा दाँतको नि:शुल्क चेकजाँच शिविर

अझै पढ्नुहोस्