विपन्न तथा सीमान्तकृत छात्राहरुलाई छात्रवृति वितरण

शेयेर गर्नुहोस


हसुलिया, २१ बैशाख । कैलारी गाउँपालिकाका विपन्न तथा सीमान्तकृत छात्राहरुलाई छात्रवृति वितरण गरिएको छ ।
मानव अधिकारका लागि महिला एकल महिला समुहको आर्थिक सहयोगमा ११ जान विपन्न तथा सीमान्तकृत छात्राहरुलाई छात्रवृति वितरण गरिएको हो ।


विपन्न तथा सीमान्तकृत छात्राहरुलाई कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्रबहादुर बम, शिक्षा शाखा प्रमुख गणेश प्रसाद मिश्र, सामाजिक शाखा प्रमुख यगम कलेल, नेपाली काँग्रेस कैलारी गाउँपालिका सभापति कृष्ण प्रसाद चौधरीलगायतले उहाँहरुलाई स्कूल छात्रवृति स्वरुप स्कूल झोला, छाता, कपी र डटपेन वितरण गरेका थिए ।


मानव अधिकारका लागि महिला एकल महिला समुहका कोषाध्यक्ष मीना भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी रहनु भएको थियो । कार्यक्रममा सम्बोधन गर्दैै उहाँ मानव अधिकारका लागि महिला एकल महिला समुहले राम्रो कामको सुरुवाट गरेको भन्दै आफुले पालिका र व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।


उहाँले भने, ‘मा आफुले पाउने सेवा सुविधाको रकमबाट असहाय बालबालिकाको शिक्षामा लगानी गर्ने भनेको छु । अहिले कार्यविधि बनाउने जिम्मा दिएका छु । त्यो तयार भएपछि अक्षयकोषमा सेवा सुविधाको पैसा जम्मा गरिने छ ।’
कार्यक्रममा राष्ट्रिय मावि विचैपुर विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविन बोहरा सानोतिनो सहयोगबाट विपन्न बालबालिकाको पढाइमा सहयोग पुग्ने बताए ।


मानव अधिकारका लागि महिला एकल महिला समुहका शान्ति परियोजना संयोजक वेद अवस्थी एकल महिलाहरुको छोरीहरुको अध्ययनमा सहयोग पुगोस भन्ने उद्देश्यले यो बर्ष विभिन्न जिल्लाको १०० जानलाई छात्रवृति वितरण गरेको बताउनु भयो । अघिल्लो बर्ष ५० जानलाई वितरण गरेको बताए । कार्यक्रममा स्वागत मन्तव्य मानव अधिकारका लागि महिला एकल महिला समुहका जिल्ला सहसचिव लक्ष्मी चौधरी गरेकी थिइन ।

ताजा खबर

The Ultimate Guide to 5$ Minimum Deposit Casinos

Discovering the Best ESA Letter Site According to Reddit Users

The Ultimate Guide to Play Free American Roulette Online

Casino Roleta ao Vivo: Tudo o que você precisa saber

The Ultimate Guide to Live Mega Fire Blaze

Die besten Mastercard Glücksspielstätten Online: Ihr Leitfaden für sicheres und bequemes Wetten

सम्बन्धितखवर

छुटाउनु भयो कि !

लेखहरु

नफापेको साइकल, फापेको सुनपानी

चित्रबहादुर चौधरी, मधेशका मुख्यमन्त्री लालबाबु राउतलाई साइकल नफापे पनि अर्थ मन्त्री जनार्दन शर्मालाई भने सुनपानी फापेको छ। एकताका लाल बाबु पण्डितको चर्चा चुलिएको थियो ।

अझै पढ्नुहोस्