रेशम पक्षले बोलाएको चैत्र २३ र २४ गते केन्द्रीय समिति बैठक अवैध हाे :- रन्जिता

शेयेर गर्नुहोस


टीकापुर/अहिलेको सत्ता गठबन्धनलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चर्किदै गएको नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय समितिको बैठकबारे पनि विवाद भएको छ।


नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चाैधरी पक्षले बाेलाएकाे चैत्र २३ र २४ गतेकाे केन्द्रीय समितिकाे बैठक अबैध भएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बताउनुभएको छ ।


अध्यक्ष रञ्जिता श्रेष्ठले भने उक्त दिन बैठक आह्वान नभएको भन्दै विज्ञप्ति जारी गरेकी छिन्।
रेशम चाैधरी पक्षमा रहेका महासचिव गंगाराम चौधरीले बोलाएको बैठकलाई मंगलबार रञ्जिता श्रेष्ठले अवैध घोषित गरेकी छिन्। उनले भनेकी छिन्, ‘ उपर्युक्त सम्बन्धमा मिति २०८० चैत्र २३ र २४ गते केन्द्रीय सदस्य तथा पदाधिकारी ज्यूहरूको बैठक भनि बोलाईएको बैठक नागरिक उन्मुक्ति पार्टीको अधिकारीक बैठक नभएको व्यहोरा अनुरोध गर्दछु ।’


पार्टीमा विवाद चर्किदै गएपछि अध्यक्ष श्रेष्ठले गण्डकीका अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरेकी छिन्। पार्टीमा विवाद बढिरहेका बेला मंगलबार अध्यक्ष रञ्जिता र रेशमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। उनले रेशमलाई पनि आफ्नो पक्षमा उभिन गरेको आग्रहलाई अप्रत्यक्ष रुपमा अस्वीकार गरेका छन्।

आजै अध्यक्ष श्रेष्ठले साेमवार पार्टी कार्यालयमा भएको संस्थापक केन्द्रीय सदस्य माथि भएको हातपातको घाेर निन्दा गर्नुभएको छ । अध्यक्ष द्वारा जारी गरिएको विज्ञप्तिमा साे घटनाको घाेर विराेध गर्नुभएको छ भने साे कार्यमा संलग्नलाई पार्टीको विधान अनुसार कार्वाही गरेकाे बताउनुभएको छ ।

ताजा खबर

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Figyelmes elemzés a thenvcasinos-hu.com kínálatával, ami új dimenziókat nyit a játékosok előtt Magyarországon

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

Ευκαιρίες διασκέδασης και κέρδους με το theleonbet-casino.com για κάθε παίκτη

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आज फेब्रुअरी २ तारिख विश्वभर आज विश्व सिमसार दिवस मनाइयो

जमुना न्युरे/बर्सेनि सिमासार दिवश मनाइन्छ तर तिनको सरक्षण र सदुपयोग हुन सकेका छैन , दिन प्रतिदिन सिमसार क्षेत्रमा मिचाह्रा प्रजातीले भरिएको , अतिक्रमणको चपेटामा परेको

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिमका करार कर्मचारीको माग : “हामीलाई पनि महँगी भत्ता चाहिन्छ”

धनगढी, ८ साउन / सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत विभिन्न निकायमा करार दरबन्दीमा कार्यरत कर्मचारीहरूले आफूहरूलाई महँगी भत्ता तथा सामाजिक सुरक्षामा समावेश गराउन माग गरेका छन्। आर्थिक

अझै पढ्नुहोस्