रा.मा.बि सुखडको बजारको पूर्व पट्टिमा कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम

शेयेर गर्नुहोस


सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले बजारको पूर्व पट्टिमा रहेको कित्ता नं.२५१ मा निमार्ण गरिएका अस्थायी घर टहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको छ । विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको कित्ता नं.२५१  ७ घ को १–१२–२ क्षेत्रफलमा निमार्ण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचना आफ्नै तरिकाले हटाउन ३५ दिने अल्टिमेटम सहित सूचना प्रकाशित गरेको छ ।

सो क्षेत्रमा फैलिएको जमिनमा विद्यालयले आफ्नै लगानीमा बहुउद्देश्यीय व्यापारिक भवन निमार्ण गर्ने सूचनामा उल्लेख गरिएको छ । हाल व्यापार व्यवसाय गर्दे आउनु भएका व्यापारीहरूलाई नै पहिलो प्राथमिकता राखी व्यापार व्यवसाय सञ्चालन गर्न आर्थिक ऐन नियम र विद्यालयको नियमानुसार दिने समेत सूचना भनिएको छ ।

बहुउद्देश्यीय व्यापारिक भवन निमार्ण गर्ने भएकाले सो कित्ता नम्बरमा अस्थायी घर टहरा बनाई बस्नु भएकाहरूलाई सूचना प्रकाशित भएको ३५ दिन भित्र सो जग्गा खाली गरी सहयोग गरिदिन हुन सबैमा आग्रह गरेको छ । विद्यालय व्यवस्थापन समितिको फागुन ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सूचनामा विद्यालयले घोडाघोडी नगरपालिका, वडा नम्बर १ को कार्यालय, इलाका प्रशासन कार्यालय सुखड, इलाका प्रहरी कार्यालय सुखड, जिल्ला प्रशासन कार्यालय धनगढी र जिल्ला समन्वय समिति कैलालीलाई बोधार्थ समेत लेखेको छ ।

यस अधि विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको ८ कट्ठा क्षेत्रफल भएको कित्ता नं.९७ मा निमार्ण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचना आफ्नै तरिकाले हटाउन ३५ दिने अल्टिमेटम सहित सूचना प्रकाशित समेत गरेको थियो । सूचना प्रकाशित भएको फागुन १४ गते ३५ दिन पुग्दै छ । उक्त कित्ता नम्बरमा नमुना विशेष आवासीय विद्यालय अन्तर्गत प्राप्त अनुदान बाट निमार्ण गर्ने छात्रावास,क्यान्टिन, र थेरापी भवन बन्ने बताइएको छ ।

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायिक वनको आम्दानी बन्दै “अम्रिसो खेती “

जमुना न्युरे,कंचनपुर /कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका– १ मा रहेको ऐश्वर्या सामुदायिक वन उपभोक्ता समुहले सामुहिक रुपमा अम्रिसो खेती गर्दै आयका छ्न । अम्रीसो खेती सुरु

अझै पढ्नुहोस्
समाचार

कार्यविधि नहुँदा जटिल बन्दै सुदूरपश्चिमका वन

सुखड/  विसं २०७७ सालमा ‘वैज्ञानिक वन व्यवस्थापन’ कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक वन र कैलालीका साझेदारी वन नीतिगत अन्योलतामा छन्। वन क्षेत्रका ढलापडा रूख

अझै पढ्नुहोस्