पाटेबाघ क्यामेरा ट्रापिङ प्रविधिबाट अनुगमन गरिने

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/खाता संरक्षित क्षेत्रमा पाटेबाघ लगायतका वन्यजन्तुहरुको आन्तरिक जानकारीका लागि क्यामेरा ट्रापिङ प्रविधिबाट गरिने अनुगमन कार्यको शुभारम्भ गरिएको छ । नेपाल र छिमेकि मुलुक भारतको सिमानामा पर्ने खाता संरक्षित क्षेत्र आसपासका क्षेत्रमा मुख्य गरि पाटेबाघ लगायतका वन्यजन्तुहरुको आन्तरिक जानकारीका लागि अनुगमन कार्यको एक औपचारिक कार्यक्रम गरि शुभारम्भ गरिएको हो ।

डिभिजन वन कार्यालय बर्दियाको आयोजनामा मधुवन नगरपालिका वडा नम्बर १ डल्लामा बुधवार आयोजित एक कार्यक्रममा खाता संरक्षित आसपासका क्षेत्रमा क्यामरा ट्रापिङ प्रविधिबाट पाटेबाघ लगायतका वन्यजन्तुहरुको आन्तरिक जानकारीका लागि गरिने अनुगमन कार्यको शुभारम्भ गरिएको डिभिजन वन अधिकृत टंक गुरुङ्गले बताउनुभयो ।

खाता संरक्षित क्षेत्रलाई चार खण्डमा विभाजन गरि माघ २७ गतेदेखि मुख्यत: पाटे बाघ लगायतका वन्यजन्तुहरुको अनुगमन हुने डिभिजन वन कार्यालयका प्रमुख प्रविन बिडारीले जानकारी दिनुभयो । भारतको कर्तनिया वन्यजन्तु आरक्ष र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जको बीचमा पर्ने खाता जैविक मार्ग क्षेत्र आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रका चार खण्डमा राखिएका क्यामेरा छुने तथा हटाउने काम नगर्न डिभिजन वन कार्यालय बर्दियाका प्रमुख बिडारीले सबैलाई आग्रह गर्नुभयो ।

तराई भुपरिधी कार्यक्रम (ताल)को सहयोगमा डिभिजन वन कार्यालय बर्दियाले खाता संरक्षित क्षेत्रमा आन्तरिक जानकारीका लागि क्यामेरा ट्रापिङ प्रविधिबाट पाटे बाघ लागायतका वन्यजन्तुहरुको अनुगमन माघ २७ गतेदेखि सुरु हुने तराई भुपरिधि कार्यक्रम (ताल)का प्रवन्धक लक्ष्मण प्रसाद पौड्यालले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, डिभिजन वन कार्यालय बर्दिया अन्तर्गत राष्ट्रिय वन, खाता संरक्षित क्षेत्रमा पाटे बाघ, हात्ती, गैँडा लगायत अन्य प्रजातिका वन्यजन्तुहरुको अवस्था पत्ता लगाउन आन्तरिक जानकारीका लागि एक महिने अनुगमन सुरु गरिएको तालका प्रवन्धक पौड्यालले बताउनुभयो ।

खाता संरक्षित क्षेत्रमा पाटे बाघ र बाघको आहाराजन्य प्रजाति लगायतका अन्य थुप्रै वन्यजन्तुहरुको अनुगमनका लागि राखिएका स्वचालित क्यामराहरु तथा अन्य प्राविधिक सहयोगका लागि पनि आफुहरु तयार रहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख एवम् संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यलयका प्रमुख प्रविन विडारीले यो अनुगमन कार्यले मानव वन्यजन्तुबीचको द्वन्दलाई सहअस्तीत्व कायम गर्नमा समेत सहयोग पुग्ने बताउँदै मानव वन्यजन्तुबीचको द्वन्द्ध न्युनिकरणका लागि योजना बनाउनलाई महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले वन, वन्यजन्तु र वातावरणसँगै मानवलाई बचाउने कुरा एकैसाथ लागु हुनुपर्ने बताउँदै सर्वप्रथम मानव जोगिनु पर्ने विषयमा जोड दिनुभयो ।

वन्यजन्तु अनुगमनका लागि क्यामेरा ट्रयापमा राखिएका क्यामराहरु चोरी हुन नदिन संरक्षित क्षेत्रका वन समन्वय समितीका पदाधिकारी लगायत सम्पुर्ण सरोकारवालाहरुलाई सहयोग गर्न जानकारी गराइएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

आन्तरिक जानकारीका लागि खाता संरक्षित क्षेत्रमा क्यामेरा ट्रापिङ प्रविधिबाट गरिने पाटे बाघ लगायतका वन्यजन्तुहरुको अनुगमन कार्यको शुभारम्भ कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, तराई भुपरिधि कार्यक्रमका प्रबन्धक लक्ष्मणप्रसाद पौड्याल, डिभिजन वन कार्यालय बर्दियाका प्रमुख बिडारी, बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम वाग्ले, खाता सामुदायिक वन सम्न्वय समितिका अध्यक्ष हरि गुरुङ, बसन्ता सामुदायिक वन समन्वय समितिका अध्यक्ष मास्टर थारु लगायत डिभिजन वन अन्तर्गतका सामुदायिक समन्व समिति, वडा अध्यक्षहरु, डिभिजन वन कार्यालय अन्र्तगत सामुदायिक वन समन्वय समितीका अध्यक्षहरु, संरक्षणकर्मी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Juegos De Azar En Línea Con Ganancias Reales En Gametwist.

Strategic dodging skills are key to surviving the chaotic challenge of chickenroad and scoring big

Incredibile sfida attorno a chickenroad per superare pericoli e raggiungere la meta velocemente

Zážitek od registrace do výhry s mostbet casino nabízí moderní zábavu a rychlé výplaty

Sécurité optimale pour vos mises, explorez casinoenligne et gagnez en toute confiance

Exceptionnelles opportunités et meilleur casino en ligne pour gagner facilement maintenant

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Что такое Mellstroy Game? Mellstroy Game – онлайн‑казино, появившееся в 2023‑м году и уже привлекшее внимание казахстанских игроков.Платформа обещает современный игровой опыт: слоты, настольные игры

अझै पढ्नुहोस्