सेती प्रादेशिक अस्पतालमा बन्यो १ करोड २० लाखको लागतमा अक्सिजन प्लान्ट

शेयेर गर्नुहोस

धनगढी,११ माघ/ सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। गैरआवासीय नेपाली सङ्घले अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो।

स्वास्थय तथा जनसंख्या मन्त्रालय काठमाडौंको सहकार्यमा गैरआवासीय नेपाली सङ्घले प्लान्ट हस्तान्तरण गरेको हो ।
बिरामी हुने धेरैलाई श्वास प्रश्वासको समस्या अधिक हुने र त्यहीं समस्याको समाधानका लागि अक्सिजन प्लान्टलाई प्राथमिकता राखेको बताउँदै , कुनै पनि बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने समस्यालाई कम गर्न अक्सिजन प्लान्ट निर्माण गरिएको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले बताए।
कोरोना महामारीको बेला धेरैले अक्सिजन नपाएर ज्यान गुमाउनु परेको बताउदै अब सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनि अक्सिजन प्लान्ट नै निर्माण गरिएको सङ्घका अध्यक्ष केसीको भनाई छ।

सेती प्रादेशिक अस्पतालमा अब अक्सिजन नपाएर बिरामीले ज्यान गुमाएको खबर सुन्न पाइने छैन। अक्सिजनको बिरुवा नै रोपेर गैर आवासीय नेपाली सङ्घले गरेको यो सहयोग एकदमै ठुलो रहेको सेती प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष नर बहादुर शाहाले बताए। अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको अध्यक्ष शाहाले बताए।

अक्सिजन प्लान्ट १ करोड २० लाखको लागतमा निर्माण भएको हो । जस बाट अब प्रति घण्टा ८ वटा अक्सिजन सिलिन्डर भर्न सकिने भएको छ।

अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रमको प्रमुख आतिथ्यता सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले गर्ने भएको थियो।

ताजा खबर

Navigating Odds at Betmaze Casino Slots

Royspins Casino – Spielsucht bei Slots und Online-Spielen

Vincere al Gioco della Fortuna con Winolot Casino

Raising the Stakes in the Heart of the Wild West at High Country Casino

Ein endloser Spielraum für die Glücksspiel-Liebhaber im Limitless Casino

Spelautomaten från Taste Vegas Casino – Las Vegas på Rullar

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा छापा

धनगढी/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा छापा मारेको छ। अख्तियारको टोलीले छापा हानेर मन्त्रालयबाट महत्त्वपूर्ण कागजातहरू संकलन गरेको छ। मन्त्रालयका

अझै पढ्नुहोस्