परियोजना निर्माण स्थलको अनुगमन गरे मुख्यमन्त्रीको टोलिले

शेयेर गर्नुहोस


धनगढी/सुदुरपश्चिम प्रदेशमा ७५० मेघा बिजुली उत्पादन हुने पश्चिमसेती जलविद्युत परियोजना निर्माण स्थलको सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमलबहादुर शाह सहित प्रदेश सभा सदस्य माननीय बिक्रम सिह धामी, सुदुरपश्चिम प्रदेशका प्रमुख सचिव डा हरि प्रसाद लम्साल, शिखर नगरपालिका डोटिका प्रमुख दिर्घ बलायर सहितको टोलिले आज स्थलगत निरिक्षण गर्नुभएको छ ।


निरिक्षणका पश्चात पश्चिम सेती जलविद्युत परियोजनाका निर्माण कम्पनी एनएचपिसि (NHPC) का परियोजना माहाप्रबन्धक प्रकाश चन्द उपाध्याय संग कुराकानी गर्नुका साथै परियोजनालाई छिटो सम्पन्न गर्नका लागि निर्देशन गर्नुभएको छ। सोही अवसरमा मुख्यमन्त्री शाहले रातापड, लुवाखडि,सुरुङको काम सुरुवात गर्नका लागि पहिलो चरणको माटो परिक्षण गर्ने ठाउँको स्थलगत निरिक्षण गर्नु भएको छ ।

सोही क्रमम बिधिवता ढंगले माटो परिक्षण गर्ने कार्यको सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले उद्घघाटन गर्नुभएको छ। यो परियोजना लगानि बोर्डबाट समेत स्वीकृति भै आएकोले लामोसमय देखि निर्माण हुने आशामा रहेका सुदुर पश्चिम बासीको सपना चाडै पूरा हुने र यसले यहाँको आर्थिक, सामाजिक र रोजगारी र बिकासमा गेमचेन्जर परियोजनाका रुपमा महत्वपूर्ण हुने परियोजनाका महाप्रबन्धकले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

A Casino Experience at Euro Palace

Trybet Slot Machine Entertainment Options

Glücksspiel in Casino Mainz – Die neuesten Ergebnisse und Auswertungen von Spielautomaten.

Spielsucht in Casino Kassel – Fakten und Hintergründe

सम्बन्धितखवर

छुटाउनु भयो कि !