दुख झेलिरहेका छबिलाई फेरि ताराको दुख आयो

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /आफै अपांगता जिवन बाँचिरहेका कैलालीको घोडाघोडी नगरपालिका-१ हिम्मतपुर शिविरका छविलाल चौधरीले सिकलसेल एनिमियाबाट ग्रसित आफ्नी श्रीमती तारा कुमारी चौधरीको जिवन रक्षाका लागी अपिल गरेका छन् । घरको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण उपचार गर्न समस्या भएपछि पीडित ३३ वर्षिया तारा कुमारी चौधरीका श्रीमान छविलाल चौधरीले सहयोगको याचना गरेका हुन् ।

गरिबीका कारण उपचार गराउन सक्ने अवस्था नरहेको उनका श्रीमान् छविलाल चौधरीले बताएका छन् । श्रीमती बिरामी भए पछि घोडाघोडी अस्पतालमा चेकजाँच गर्दा उनमा सिकलसेल एनिमिया रोग देखा परेको उनले बताए । श्रीमतीमा सिकलसेल एनिमिया रोग देखा परे पछि कसरी उपचार गर्ने चिन्तामा उनी रहेका छन् । उनको काठमाडौँ उपचार सम्भव रहेको बताइएको छ । उनलाई उपचार गर्न २० लाख बढी खर्च लाग्ने बुझिएको छ ।

आर्थिक अवस्था निकै कमजोर भएकाले उपचार लागी लाग्ने त्यति धेरै रकम जुटाउन नसक्ने अवस्थामा आफू रहेको उनको भनाई छ । श्रीमतीको उपचारका लागि लाग्ने खर्च व्यहोर्न सक्ने अवस्था नरहेकाले जीवन रक्षाका लागि सहयोगको याचना गर्नुको विकल्प नभएको उनले बताए । ९ वर्षको एक छोरा उनको छ । छविलाल आफैमा शारीरिक रूपमा अशक्त छन् । श्रीमती पनि अशक्त,अझ त्यही माथि सिकलसेल एनिमिया रोगले गर्दा झनै अशक्त भएका छन् ।

हिम्मतपुर मुक्त कमैया शिविरमा बसोबास गर्दै आएका छविलाल बेतबासको सामाग्री बनाउँदै माटोको भाडा बेच्दै आफू र आफ्नो परिवार पाल्दै आएका छन् । यति बेला भने उनी श्रीमतीमा सिकलसेल एनिमिया रोग देखा परे पछि निकै चिन्तामा रहेको छन् । उपचारका लागी उनी पैसाको खोजीमा भौँतारिरहेका छन् । सहयोग गर्न इच्छुक व्यक्ति वा सङ्घसंस्थाले छविलाल चौधरीको मोबाइल नम्बर ९७४६२५८४४८, ९८११६४७५५० मा सम्पर्क गर्न वा उनको नाममा कृषि विकास बैङ्क लिमिटेड सुखड कैलाली शाखामा रहेको खाता नम्बर ०८२२३०१५६३३९००११ मा रकम जम्मा गर्न सक्ने छन्

ताजा खबर

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

Overview of Silver Ace Casino Online Gaming Platform Features.

What is Nitro Casino?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Arkada онлайн казино – мнения пользователей и честные отзывы игроков

Arkada онлайн казино – мнения пользователей и честные отзывы игроков ▶️ ИГРАТЬ Содержимое Преимущества и недостатки онлайн-казино Преимущества онлайн-казино Недостатки онлайн-казино Отзывы игроков и рейтинг

अझै पढ्नुहोस्