पुरैना ताल अतिक्रमण हटाई संरक्षण गरिने

शेयेर गर्नुहोस

जमुना न्युरे,टीकापुर/कैलालीको भजनी नगरपालिका वडा नं ७लालबोझीमा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ । बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व नै खतरामा परेको छ ।जहाँ ताल क्षेत्रमा मानव सङै खेती योग्य जमिन परिणत भयको छ।

पुरैना ताल पानी भयको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टर फैलिएको भए पनि यसको क्षेत्र धेरै ठूलो भयको स्थानीयले जानकार रतन रेग्मीले बताए ।
मोहना नदिमा २०६५ सालमा आयको बाढिले थोरै ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो त्यो पछि पुन २०६८ , २०७२ र २०७५ सालमा आयको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।
अहिले ताल रहेको स्थानमा स्थानीयले आफ्नो मनोमानी रुपमा खेती गर्दै आयका छन् । बिगौहा हिसाबले एकै ब्यक्तिले २० बिगाहा सम्म गहु खेती गरेका छन् ।

सो तालमा जैविक विविधता तथा चराचुरुङ्गीका लागि निकै महत्वपूर्ण रहेको छ जहाँ बसन्ता जैविक मार्गमा पर्ने ताल जहाँ भारतिय दुधुवा नेसनल पार्क , कतरिनिया ( वर्ल्ड लाइफ सेन्चुरी ) बाट जङ्गलि बाट स्थल प्रा‍णी , जलचर प्रा‍णी ले ओहोरदोहोर गर्ने गर्दछ्।

वर्षो देखि ओझेलमा परेको पुरैनाको विषयमा ७९.२१हेक्टरमा फैलिएको उक्त तालमा दुर्लभ र संरक्षित पंक्षि सारस , वसाई सरि आउने चरा ,अस्थाई प्रवासमा जाडाे छल्न आउने चरा , आगन्तुक पाहुना चराकाे प्राकृतिक सुरक्षित वासस्थान र प्राकृतिक आहारा चरन क्षेत्र हाे । चराकाे लागि मात्र नभएर याे पुरैना ताल पानी उद , सालक , घडियाल , कछुवा जस्ता दुर्लभ वन्यजन्तुकाे प्राकृतिक आश्रय स्थल पनि हाे।

पुरैना तालको स्थलगत अनुगमन गर्दै कैलाली निर्वाचन क्षेत्र ३ का माननीय गंगा चौधरीले डिभिजन वन कार्यलय पहलमानपुरले पुरैना ताल पुनः निर्माणका गरेको प्रयासलाइ बर्सौ देखि खेती लगाएकालाइ स्व:स्फुर्त रुपमा जमिन छोडिन र ताल पुनः निर्माण कार्यमा हातेमालो गर्न स्थानीय लाई आग्रह गरे , रेखांकनका लागि आफुले नापी कार्यलय कैलालीलाई करिब १० महिना अगाडि पठयको पत्र अनुसार खटाएका कर्मचारीहरु फिल्डमा पठाउनका लागि अनुरोध पनि गरे ।

तेस्तै कैलाली जिल्ला निर्वाचन क्षेत्र ३ का प्रदेश सासद घनश्याम चौधरीले सबैको साझा सम्पती भएकाले पुरैना ताल पुन: निर्माण गरि यहाँ जैबिकता विविधताको सरक्षण हुने , प्रत्येक्ष रुपमा बसन्ता जैविक मार्ग र दुधुवा नेशनल पार्क सङ्ग जोडिने हुदा वन्यजन्तुलाई सहज रूपमा ओहोरदोहोर गर्न मिल्ने बताए ।
अनुगमन गर्दै सुदूरपश्चिम प्रदेश उधोग ,वन , वातावरण तथा पर्यटन मन्त्रालयका सचिब जिबनाथ पौडेलले पुरैना ताल पुनः निमार्णका लागि स्थानीय समुदाय , स्थानीय तहको नै महत्वपूर्ण भुमिका रहेको हुन्छ , अरुले गरिदेला भन्ने मुख ताक्नु भन्दा आफै स्वफुर्त रूपमा लाग्नु पर्ने , प्राकृतिक रुपमा रहेको ताल प्राकृतिक रुपले आयको केही बर्ष अगाडि बाढिले पुरिएको हुदा वन कार्यलय आज बल प्रयोग गरेर अतिक्रमण हटाउछ भोलि पुन अतिक्रमण हुने हुदा ताल साच्चै नै पुन निमार्ण गरि सरक्षण गरि घोडाघोडि ताल जस्तै बनाउनका लागि स्थानीय समुदायको अपनत्व र दीर्घकालीन सरक्षण हुने ताल रेखांकनका लागि नापि कार्यलय सङ्ग समन्वय गर्ने बताए ।

ताल अतिक्रमण हटाउनका लागि करिब दुई बर्ष अगाडि देखि वन कार्यलयले निरन्तर रूपमा स्थलगत अनुगमन, सचेतना कार्यक्रम गर्दै आयको छ , तालको
केही महिना देखि निरन्तर रुपमा पुरैना तालको सिमा रेखाङक तथा निर्धारण गर्न आफुहरुले पटक पटक नापि कार्यलयलाइ पत्राचार गरियको नापी कार्यलयले करन सिंह रावतको नेतृत्वमा ६ सदस्य टोलि खटाएको पत्र पठाएको थियो ।तर नापिको टोलि करिब १० महिना पुग्दा पनि फिल्डमा नपुगेको डिभिजन वन कार्यलय पहलमानपुर का प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !