टीकापुर स्थित जालपा देवी मन्दिरमा सप्ताह ज्ञान महायज्ञ हुने

शेयेर गर्नुहोस

टीकापुर / टीकापुर नगरपालिका वडा नं. १ ब्लक न. १७ स्थित श्री जालपा देवि मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
माण्डब्य बंशियसंग सम्बन्धित जालपा देवी मन्दिर परिसरमा महायज्ञ हुने भएको हो । यही कार्तिक १५ गतेबाट हुने महायज्ञ आगामि २१ गते एक हप्तासम्म संचालन हुने जालपा जागरण समाज टीकापुरका अध्यक्ष तारा प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कार्तिक १५ गते बिहान ११ बजे सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
कार्तिक १५ गते बिहान ७ बजे दिव्य, भव्य कलश शोभा यात्रा हुने भएको समेत अध्यक्ष अधिकारी ले बताउनुभयो । अधिकारीले प्रत्येक दिन बिहान ५ बजेबाट ७ बजेसम्म योग साधना, ८ बजेदेखि ११ बजेसम्म पुजापाठ, हवन लगायत हुने समेत अधिकारीले जानकारी गराउनु भयो ।

यस्तै प्रत्येक दिन दिउसो ११ बजेदेखि ४ बजेसम्म संगीतमय भागवत प्रवचन हुने समेत उहाँले बताउनुभयो । यस कार्यक्रममा विवाह, ब्रतिबन्ध, ग्रहशान्ति, लक्षवर्ति, तुलादान, भूमिदान जस्ता अनुष्ठानहरु हुने समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
यस महायज्ञमा दानवीरहरुलाई सम्मान कार्यक्रम रहेको समेत उहाले जानकारी दिनुभयो । जालपा जागरण समाजका अध्यक्ष अधिकारीले दिनुभएको जानकारी अनुसार महायज्ञको ८० प्रतिशत व्यवस्थापन भइसकेको छ ।

ताजा खबर

Exploring the Thrills and Strategies of Zotabet Casino Slots

Najwyższe Szanse na Wygraną w Kasynie: BestOdds

Reseña de Spincasino: bonos, juegos y pagos

Erfolgreiche Spiellizenzen in Kudos

Revisión de casino RojaBet: bono, juegos y pagos

De Slotmachine van Betregal: Veerkracht en Geluk

सम्बन्धितखवर

छुटाउनु भयो कि !

लेखहरु

नफापेको साइकल, फापेको सुनपानी

चित्रबहादुर चौधरी, मधेशका मुख्यमन्त्री लालबाबु राउतलाई साइकल नफापे पनि अर्थ मन्त्री जनार्दन शर्मालाई भने सुनपानी फापेको छ। एकताका लाल बाबु पण्डितको चर्चा चुलिएको थियो ।

अझै पढ्नुहोस्