TRENDING
Vavada online casino w Polsce – licencja
Pin Up Casino Azərbaycan
1win — ставки на спорт в букмекерской конторе
Next
Prev

कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कैलालीमा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ । जिल्लाको चुरे गाउँपालिका स्थित खानीडाँडामा हिजोदेखि सुरु भएको दुई दिने खेलकुद पत्रकारिता तालिम आज सकिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले तालिमको आयोजना गरेको हो ।

तालिमको एक कार्यक्रमका बिच समापन गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावल रहेका थिए । हिजो आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव विश्वदिप बेस्राले तालिमको उद्घाटन गरेका थिए ।


तालिमममा सहभागी पत्रकारहरुलाई वरिष्ठ एथ्लेटिक्स प्रशिक्षक तथा त्रिभुवन विश्वविद्यालयका खेल तथा विज्ञानका प्राध्यापक शुसिल नरसिंह राणा, नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य नविन लुइटेल, टेलिभिजन खेल पत्रकार अनन्त वाग्ले, खेल पत्रकार यज्ञराज जोशी लगायतले दुई दिनसम्म प्रशिक्षण दिएका छन् । तालिममा विभिन्न जिल्लाहरुका ४० बढी पत्रकारको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Vavada online casino w Polsce – licencja

Pin Up Casino Azərbaycan

1win — ставки на спорт в букмекерской конторе

1win casino and sportsbook in India

सम्बन्धितखवर

छुटाउनु भयो कि !