बाघको आक्रमणबाट १ महिला बेपत्ता

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कञ्चनपुरको बेलौरी नगरपालिका–८ खप्टीनालामा बाघले एक महिला माथि आक्रमण गरेको छ । अन्दाजी ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरी बेपत्ता गरेको प्रहरीले जनाएको छ ।

बेलौरी नगरपालिका वडा ८ पचही बस्ने चन्दलाइ बिहान १० बजे घर नजिकै को खप्ति नालामा घास काट्दै गर्दा बाघले आक्रमण गरेको स्थानीय दुर्गा सापकोटा ले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी चन्दलाई बाघले आक्रमण गरेर लगेको छ । उनिसंगै गएका महिलाले भागेर ज्यान जोगाएका छन्। उनको खोजी कार्य भइरहेको डिएसपी डाँगीले बताए । नाला किनारमा सिमसार जमिन र झाँडी भएका कारण खोजीमा समस्या भइरहेको छ ।

उनी बिहानको सितलमा सधै जस्तो आफ्नै खेतवारिको छेउमा रहेको खप्टी नालामा घाँस खोज्न गइन उनलाइ त्यहा बाघ आयको छ भन्ने कुरा जानकारी थियन ।

उनलाइ बिहान १० बजे नै बाघले आक्रमण गरेको भनिए पनि अहिले सम्म ती महिलाको शब भने फेला परेको छैन ।
शब खोजिका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी , वन कार्यलय , स्थानीय तह खटिएको सब डिभिजन बन कार्यलय पचमुडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।
उक्त बाघलाइ अब उद्दार गरि बर्दिया राष्ट्रिय निकुञ्ज पठाइने र बाघको उद्दारका लागि प्राबिधिक टोलि बर्दिया बाट हिडि सकेको यादबले बताए ।

यस अघि पनि चैत तेस्रो साता भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परि पुनर्वास नगरपालिका–१०, मदन टोल भीम बस्तीकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको थियो ।
करिब महिना अघिदेखि यता जिल्लाको बेलौरी र पुनर्वासलगायत कैलालीका सीमावर्ती क्षेत्रमा बाघ देखिन थालेका छन् । घट्नापछि अहिले स्थानीय त्रसित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

Picking the Best Online Online Casinos that Approve Neteller

Crusino – O Rază de Nori peste Marea Jocurilor

Spielothek-Nordis – Vielfalt von Spielautomaten und Tischen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डोटेली कान्छाले गरे छोरीको जन्मदिनमा कलाकार कल्याणकारी कोषलाई रकम हस्तान्तरण

जमुना न्युरे/डेउडा प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा संस्थाका बरिष्ठ उपाध्यक्ष युवा नेता सुरत रावत डोटेली कान्छाले आफ्नो कान्छी छोरी डिना रावतको जन्म

अझै पढ्नुहोस्