TRENDING
Промокод на Олимп Бет: как выгодно использовать бонусы
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
Next
Prev

नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशकाे निर्वाचनमा कुनै पार्टी संग तालमेल नगर्ने

शेयेर गर्नुहोस

टीकापुर/नगरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सभा सदस्यकालागि कुनै दल संघ तालमेल र गठबन्धन नगर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले कुनै पनि दलसँग गठबन्धन वा चुनावी तालमेल नगरी निर्वाचनमा भाग लिने बताउनु भएको हाे ।

पार्टी प्रवक्ता दामोदर पण्डितले ‘कैलालीको हकमा ठोस रुपमा हामी अगामी चुनावमा एक्लै जाने भन्नेमा छौं । बाहिर बाहिर कसले के भन्छ त्यसको कुनै अर्थ हुँदैन’ पण्डितले भने, ‘कसैसँग सहकार्य नगर्ने भन्ने नै छ । अरु जिल्लामा भने दुवै पक्षलाई लाभ पुग्ने अवस्था भए गठबन्धन वा तालमेल नकार्न सकिंदैन ।’

उहांका अनुसार कैलालीमा अहिलेसम्म कुनै पनि दलबाट आधिकारीक रुपमा सहकार्यको प्रस्ताव पनि आएको छैन ।प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको प्रवक्ता पण्डितको भनाइ छ ।

 कैलालीमा स्थानीय तहको निर्वाचन जस्तै प्रदेश र प्रतिनिधि सभामासमेत नागरिक उन्मुक्ति पार्टी पहिलो दल बन्ने दाबी उहांको छ । प्रतिनिधिसभामा चार सिट ल्याउने उहांले जिकिर गर्नुभयाे । स्थानीय तह निर्वाचनमा जितेका पालिकाको संख्यालाई आधार मान्ने हो भने नागरिक उन्मुक्ति पार्टी जिल्लाको पहिलो दल हो ।

 गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जिल्लाका पूर्वी क्षेत्रका चार पालिका जितेर पहिलो दल बनेको थियाे ।
बलियो देखिएको १ नम्बर क्षेत्रबाट पार्टीका अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चाैधरी उम्मेदवार बन्ने पक्का पक्कि नै छ । क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिका, जानकी गाउँपालिकाका ५ वडा, भजनी नगरपालिकाका २ वडा र जोशीपुर गाउँपालिका पर्छन् ।

कुल एक लाख २ सय २३ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले वडाध्यक्षमा सबैभन्दा बढी १७ हजार १ सय ९३ मत पाएको थियाे । २०७४ सालमा सांसद रेशम चौधरीले चुनाव जितेको क्षेत्र, थारु बाहुल्यता, नयाँ मतदाताको प्रभाव लगायतका कारण गठबन्धन हुँदासमेत यो क्षेत्र नागरिक उन्मुक्ति पार्टीले जित्ने दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Промокод на Олимп Бет: как выгодно использовать бонусы

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

‘बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक’

धनगढी/अहिलेको बदलिँदो जीवनशैलीमा तनाव व्यवस्थापन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । खानपान, रहनसहन र प्रविधिको कारण मानसिक रोगीको संख्या बढ्दै गएको बताउँदै सम्वद्ध सरोकारवालाले चिन्ता

अझै पढ्नुहोस्
समाचार

मंसिर २२ गतेदेखि सुदुरपश्चिम महोत्सव, ७० प्रतिशत तयारी

धनगढी/प्रत्येक वर्ष धनगढीमा आयोजना हुँदै आएको सुदुरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली उद्योग बाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन मार्फत तयारी बारे जानकारी

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाले प्लास्टिकका फूल बिक्री बितरणमा राेक

टीकापुर/ टीकापुर नगरपालिले शुभ दिपावलिको समयमा प्लास्टिकका फूल बिक्री वितरणमा राेक लगाएको छ । नगरपालिकाले साेमवार सूचना प्रकाशन गरी प्लास्टिकका फूल बिक्री गर्न प्रतिबन्ध लगाएको

अझै पढ्नुहोस्
राजनीति

प्रदेश अध्यक्षमाथि नाउपाकी अध्यक्ष रञ्जिताले चलाइन् कारबाही

जमुना न्युरे,धनगढी/नागरिक उन्मुक्ति पार्टीका बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ पार्टीबाट निस्कासित भएका छन् । नाउपाका संस्थापक नेता रेशमलाल

अझै पढ्नुहोस्