नागरिक उन्मुक्ति पार्टीको वडा नं. ३ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. ३ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सम्पन्न गरिएको हाे ।
टीकापुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्षता रामसेवक महत्ताेकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरी, केन्द्रीय सदस्य दिपक निसानी र वडा नं. ५ का वडा अध्यक्ष राम शंकर डगाैरा थारु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

लक्ष्मण चौधरीकाे संयाेजकत्वमा ३१ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा साेम प्रकास चाैधरी, काेषाध्यक्षमा भागि देवि कनमी, सचिवमा पुजा वि.क. र सह-सचिवमा शिवलाल चाैधरी चयन हुनुभएको छ ।

केन्द्रीय सदस्य तथा कार्यपालिका सदस्य रमेश वि.क.,ले स्वागत गर्नुभएको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।
नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

ताजा खबर

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

शान्तिपुरस्थित फेला परेको बर्मी जातको अजिङ्गरको आज उद्धार

कञ्चनपुर: यहाँको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ। कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको

अझै पढ्नुहोस्
समाचार

‘ तीन तहको तालमेल नहुँदा स्वास्थ्यमा समस्या ‘

धनगढी/संघीय, प्रदेश र स्थानीय सरकारको तालमेल हुन नसक्दा स्वास्थ्य क्षेत्रमा समस्या बल्झिरहेको छ । संघीय सरकारले गरेका नीति प्रदेशले नमान्ने र प्रदेशले गरेको स्वास्थ्य नीति

अझै पढ्नुहोस्