टीकापुर नगरपालिकाका वडाहरु साक्षर घाेषणा

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाका सात वटा वडाहरु साक्षर घाेषणा गरिका छन् ।
टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा वडाहरु साक्षर घाेषणा गरिएकाे हाे ।

टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा गर्ने क्रममा बिहीबार सत्तीमा भएको एक कार्यक्रमका बिच वडा नं. ६, ७, ८ र ९ लाई साक्षर घाेषणा गरिएको हाे भने टीकापुरकाे बाघमारामा भएको कार्यक्रमबाट वडा नं. ३, ४ र ५ लाई साक्षर घाेषणा गरिएको छ । मंसिर ३ गते शुक्रबार वडा नं. १ र २ लाई पनि साक्षर घाेषणा गर्ने र ४ गते टीकापुर नगरपालिकालाई साक्षर घाेषणा गर्ने कार्यक्रम रहेकाे टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीले बताउनुभयो । कार्यक्रममा साक्षर घाेषणा भएका वडाहरुलाइ प्रमाण पत्र समेत प्रधान गरिएको थियाे ।

वडाहरु साक्षर घाेषणा कार्यक्रम सामाजिक विकास समितिका संयाेजक तथा वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाकाे अध्यक्षता भएको थियाे भने टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।

टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीकाे स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा नगर उप प्रमुख केशरी विष्ट रावल र प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चाैधरी विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा शिक्षक कपुर सिंह कडायत, चक्रपाणी भट्टराई, कर्णाली मा.वि. सत्तीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराम ढुंगाना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रम संचालन कर्णाली मा.वि. टीकापुरका प्रधानध्यापक धर्मराज शर्माले गर्नुभएको थियाे ।

ताजा खबर

Exactly how to Get an ESA Letter Near You: A Comprehensive Guide

Can My Health Care Physician Create an ESA Letter?

Explore Online Slot Machines With Free Bonus Play

The Ultimate Guide to Online Roulette Gambling

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार एंव साहित्यकार उपाध्यायको आमा म आउँदैछु कविता संग्रह सार्वजनिक

धनगढी/पत्रकार एंव साहित्यकार दिर्घराज उपाध्यायको आमा म आउँदैछु कविता संग्रह सार्वजनिक भएको छ । मंगलबार धनगढीमा एक कार्यक्रमका बीच कवि डा.नवराज लम्साल,प्राध्यापक डा.हेमराज पन्त,साहित्यकार श्रेष्ठ

अझै पढ्नुहोस्