‘वन कर्मचारीको शान, खेलकुदबाट स्वास्थ्य र सम्मान’ नारासहित ब्याडमिन्टन प्रतियोगिता सुरु

शेयेर गर्नुहोस


सुखड / ‘वन कर्मचारीको शान, खेलकुदबाट स्वास्थ्य र सम्मान’ भन्ने मूल नाराका साथ विजयादशमी, शुभदीपावली तथा छठ पर्व २०८३ को अवसरमा सुदूरपश्चिम प्रदेशस्तरीय वन कर्मचारी ब्याडमिन्टन प्रतियोगिता आजदेखि सुखडमा सुरु भएको छ।


सब डिभिजन वन कार्यालय सुखडको आयोजनामा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत जनकराज पाध्यायले ब्याडमिन्टन खेलेर गरेका हुन्।


प्रतियोगिताको उद्घाटन कार्यक्रम सब डिभिजन वन कार्यालय सुखडका प्रमुख वरिष्ठ वन अधिकृत सोमलाल घलानको अध्यक्षतामा भएको थियो। कार्यक्रममा डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्याय प्रमुख अतिथि रहेका थिए।


प्रतियोगितामा वन कर्मचारीका १६ टोलीको सहभागिता रहने आयोजक सब डिभिजन वन कार्यालय सुखडका रेञ्जर वीरेन्द्र मल्लले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टोलीले १५ हजार रुपैयाँ, दोस्रो हुने टोलीले १० हजार रुपैयाँ र तृतीय हुने टोलीले ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।


आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य वन कर्मचारीबीच आपसी सदभाव र सहकार्यलाई थप मजबुत बनाउँदै खेलकुदमार्फत स्वास्थ्य तथा सकारात्मक कार्य वातावरण प्रवर्द्धन गर्नु रहेको छ।

ताजा खबर

Kasyna Online Wpłata Blik: Poradnik dla Graczy

The Ultimate Guide to Jeux Temps Réel Casino

The Ultimate Guide to Online Casino 10 Minimum Deposit UK

Exactly how to Get an ESA Letter Near You: A Comprehensive Guide

Can My Health Care Physician Create an ESA Letter?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Wie man bei Online-Spielautomaten gewinnt Es ist entscheidend, kompetent genug zu sein, um Online-Spielautomaten zu spielen mit einem bestimmten Niveau Fähigkeit. Um bei diesem Spiel

अझै पढ्नुहोस्
समाचार

रेखांकनको सकिदै लालबोझिको पुरैना ताल

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ ।डिभिजन बन कार्यलय पहलमानपुरले तालको

अझै पढ्नुहोस्