सुदूरपश्चिममा मन्त्री हेरफेर हुँदै, आर्थिक मामिला मन्त्रीमा डम्मरी (रक्षा) महराको सम्भावना बलियो

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री तथा राज्यमन्त्री हेरफेर हुने लगभग निश्चित भएको छ। पार्टीभित्र लामो समयदेखि देखिएको आन्तरिक विवाद समाधानका लागि शनिबार साँझ भएको सहमतिपछि आइतबार नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको स्रोतले जनाएको छ।

सहमतिअनुसार असन्तुष्ट समूहका नेता तथा प्रदेशसभा सदस्य दिवानसिंह विष्ट स्वयं मन्त्री नबन्ने भएका छन्। उनले आफ्नो समूहबाट अन्य सांसदलाई सरकारमा पठाउने तयारी गरेको बताइएको छ।

स्रोतका अनुसार असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी पाउनेछ भने मुख्यमन्त्री कमलबहादुर शाह पक्षले एक मन्त्री र एक राज्यमन्त्री चयन गर्नेछ।असन्तुष्ट समूहबाट मन्त्री बन्ने दौडमा प्रदेशसभा सदस्य बेलबहादुर राना, पदमबहादुर शाही, मानबहादुर रावल तथा तुलसी देवकोटा रहेका छन्। तीमध्ये दुई जना मन्त्री बन्ने लगभग निश्चित भएको बताइन्छ।

यता मुख्यमन्त्री शाहको पक्षबाट प्रदेशसभा सदस्य डम्मरी  महरा (रक्ष) आर्थिक मामिला मन्त्री बन्ने सम्भावना अत्यन्त बलियो रहेको नेपाली कांग्रेस निकट स्रोतले जनाएको छ।

राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय महरा सुदूरपश्चिममा प्रभावशाली महिला नेतृका रूपमा परिचित छन्।कैलाली बहुमुखी क्याम्पसबाट राजनीति शास्त्र तथा समाजशास्त्र विषयमा स्नातक अध्ययन पूरा गरेकी महराले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट नेपाली भाषा तथा साहित्यमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेकी उनी लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएकी नेतृका रूपमा चिनिन्छिन्।

वि.स २०६२।०६३ को जनआन्दोलनमा सहभागी हुँदा उनी घाइते समेत भएकी थिइन्। लोकतन्त्र, नागरिक अधिकार तथा सामाजिक न्यायका पक्षमा निरन्तर आवाज उठाउँदै आएकी महराले महिला सशक्तीकरण, शिक्षा, सामाजिक रूपान्तरण तथा समावेशी विकासका विषयमा विशेष चासो राख्दै आएकी छन्।

पार्टी संगठन निर्माणदेखि जनतासँगको प्रत्यक्ष सम्बन्ध विस्तारसम्म महराले निरन्तर सक्रिय भूमिका निर्वाह गरेकी छन्। सरल, मिलनसार र जनमुखी नेतृका रूपमा परिचित उनी विशेषगरी महिला, युवा तथा पछाडि पारिएका समुदायका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने नेतृका रूपमा स्थापित हुँदै आएकी छन्।

प्रदेशसभामा समेत उनले विभिन्न समसामयिक विषयमा धारणा राख्दै सुशासन, आर्थिक अनुशासन, विकास निर्माणको प्रभावकारिता तथा सार्वजनिक सेवाको गुणस्तर सुधारका पक्षमा आवाज उठाउँदै आएकी छन्। त्यसैले आर्थिक मामिला मन्त्रालय जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हाल्न सक्ने नेतृका रूपमा उनको नाम अग्रपङ्क्तिमा रहेको कांग्रेस वृत्तमा चर्चा छ।

यसअघि कांग्रेसका नौ प्रदेशसभा सदस्यले मुख्यमन्त्री तथा संसदीय दलका नेता कमलबहादुर शाहलाई हटाउन हस्ताक्षर बुझाएका थिए। तर प्रदेशसभा सदस्य डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि शक्ति सन्तुलन शाहको पक्षमा गएको थियो। त्यसयता महरा मुख्यमन्त्री शाहको विश्वासपात्र नेतृका रूपमा समेत हेरिँदै आएकी छन्।

मुख्यमन्त्री पक्षबाट प्रदेशसभा सदस्य विक्रम धामीको नाम पनि चर्चामा रहेकाले चर्चा भए पनि उनी यसअघि प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेकाले आर्थिक मामिला मन्त्रीमा महराको सम्भावना बढी रहेको बताइन्छ।

कांग्रेस संसदीय दलभित्रको विवाद समाधान गर्न पार्टीका केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणा तथा केन्द्रीय सदस्य राजन केसी विगत चार दिनदेखि धनगढीमा सक्रिय थिए। उनीहरूको पहलमा मुख्यमन्त्री शाहलाई हटाउने प्रयास रोकिएको र मन्त्रीहरू मात्रै परिवर्तन गर्ने सहमति जुटेको हो।

मन्त्री हेरफेरसँगै केही सातादेखि चर्किएको नेपाली कांग्रेसभित्रको विवाद तत्कालका लागि साम्य हुने अपेक्षा गरिएको छ। साथै, डम्मरी (रक्षा) महराले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएमा सुदूरपश्चिम प्रदेश सरकारमा महिला नेतृत्वको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !