TRENDING
The Top Online Slot Machines: An Overview to the Best Port Gamings online
Игровая среда блэкджек в России
The Best Mastercard Online Gambling Establishments: A Comprehensive Overview
Next
Prev

धनगढीमा जैविक विविधता दिवसमा संरक्षण,वातावरणीय असर बारे छलफल

शेयेर गर्नुहोस


धनगढी,जमुना न्युरे/ “विश्वव्यापी प्रभावका लागि स्थानीय पहल” भन्ने नारासहित आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाउँदा सुदूरपश्चिममा वातावरण संरक्षण, जलवायु परिवर्तन र बढ्दो बसाइँसराइका असरबारे छलफल गरिएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा छलफल गरिएको हो।

छलफल कार्यक्रम मन्त्रालयका मन्त्री शिवराज भट्ट, सचिव दिर्घ नारायण कोइराला, वन निर्देशनालयका निर्देशक हेमराज बिष्ट, डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामविचारी ठाकुरलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वन निर्देशनालयका निर्देशक हेमराज बिष्टले स्थानीयस्तरबाट गरिने साना प्रयासले समेत विश्वव्यापी असर पार्न सक्ने बताए । उहाँले सुदूरपश्चिममा मात्रै करिब ३५ सय वन उपभोक्ता समूह सक्रिय रहेको बताउँदै समुदायको सहभागिताबिना जैविक विविधता संरक्षण सम्भव नरहेको धारणा राखेका थिए ।

“हामीले संरक्षणका कुरा भाषणमा मात्रै सीमित गर्न हुँदैन,”उनले भने “व्यक्तिगत जीवनशैलीमै परिवर्तन ल्याउन सकियो भने वातावरण जोगाउन ठूलो योगदान पुग्छ ।” उनले कार्बन फुटप्रिन्ट घटाउन मासुजन्य परिकारको अत्यधिक प्रयोग कम गर्न, निजी सवारीको सट्टा साइकल प्रयोग बढाउन र वातावरणमैत्री बानी विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले सन् १९५० पछि तीव्र रूपमा बढेको औद्योगिकीकरण, डिजेल, पेट्रोल र कोइलाजस्ता इन्धनको अत्यधिक प्रयोग तथा कार्बन उत्सर्जनका कारण विश्वव्यापी तापक्रम बढ्दै गएको र त्यसले जैविक विविधतामा गम्भीर असर पुर्‍याएको बताए । विभिन्न अध्ययनअनुसार अहिले विश्वभर करिब १० लाख प्रजाति लोप हुने जोखिममा रहेका छन् ।

स्थानीय स्तरमै जैविक विविधता संकटका संकेत देखिन थालेको भन्दै भेडागढी क्षेत्रमा पाइने मौलिक जंगली धान हराउँदै गएको र तालतलैयामा बढ्दो प्रदूषणका कारण माछा लगायतका जलचर प्रभावित हुँदै गएको उनले बताए । प्राकृतिक सम्पदाको विनाशले पर्यटन क्षेत्रमा समेत प्रत्यक्ष असर पर्ने उनको भनाइ रहेको थियो।

पृथ्वीको अस्तित्व र मानव जीवनको निरन्तरताका लागि जैविक विविधताको संरक्षण अपरिहार्य रहेको मन्त्री शिवराज भट्टले बताए । मानिसलाई चाहिने अक्सिजन, पानी र खाद्य प्रणाली सबै प्रकृतिसँग जोडिएको भन्दै उहाँले प्रकृतिमाथिको अत्यधिक दोहनले अहिलेको संकट निम्त्याएको बताए ।

उनले अव्यवस्थित शहरीकरण र बसाइँसराइका कारण जंगली जनावरको बासस्थान तथा हिँडडुल गर्ने मार्ग प्रभावित भएको बताए ।

त्यसैगरी उद्योग, आणविक परीक्षण, समुद्री प्रदूषण तथा रासायनिक मलको अत्यधिक प्रयोगका कारण साना जीवजन्तु लोप हुँदै गएको र त्यसको असर मानव स्वास्थ्यसम्म पुगेको उहाँको भनाइ थियो । “प्राकृतिक प्रणालीको कुनै एउटा कडी टुट्यो भने त्यसले सम्पूर्ण सन्तुलन बिगार्छ,” बताए ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जलवायु परिवर्तन र बसाइँसराइले सुदूरपश्चिमको सामाजिक तथा वातावरणीय संरचनामा ठूलो असर पारेको बताए ।

उनले वन तथा वातावरण क्षेत्रको बजेटमा भएको कटौतीले संरक्षणका काम प्रभावित हुने चिन्ता पनि व्यक्त गर्नुभयो । गत वर्ष २ अर्ब ३२ करोड रहेको बजेट सिलिङ घटेर १ अर्ब २२ करोडमा झरेको भन्दै सीमित स्रोतसाधनबीच काम गर्न चुनौती रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Top Online Slot Machines: An Overview to the Best Port Gamings online

Игровая среда блэкджек в России

The Best Mastercard Online Gambling Establishments: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्