घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारीको ११ औं वार्षिक साधारण सभा सम्पन्न

शेयेर गर्नुहोस

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड स्थित घोडाघोडी सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सरोज न्यूरेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रावतले ग्रामीण क्षेत्रमा विद्युत् विस्तार गरी अन्धकारमा रहेका बस्तीलाई उज्यालो बनाउने उद्देश्यका साथ स्थापना गरिएको सहकारी संस्थाले स्थानीय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले नेपालभर सञ्चालन भएका सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थामध्ये गत वर्ष उत्कृष्ट संस्थाका रूपमा स्थापित हुन सफल भएको उल्लेख गर्दै सहकारी परिवारलाई धन्यवाद व्यक्त गरे ।

आगामी दिनमा पनि संस्थाले उत्कृष्टताको इतिहास कायम राख्ने विश्वास उनले व्यक्त गरे । नगर प्रमुख रावतले ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएपछि स्थानीय नागरिकको दैनिक जीवन सहज बनेको,आवश्यक सेवा–सुविधाको पहुँच बढेको तथा गाउँ स्तरमै लघु उद्यम र व्यवसाय सञ्चालनमा सहयोग पुगेको बताए । सहकारीले समुदाय स्तरमा आर्थिक तथा सामाजिक विकासमा समेत टेवा पुर्‍याएको उनको भनाइ थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष हर्क बहादुर बुढाले आर्थिक वर्ष २०८१/०८२ को ४ करोड ४९ लाख ८४ हजार ३ सय ७२ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेका थिए । त्यसै गरी उपभोक्ताले उठाएका विभिन्न प्रश्न तथा जिज्ञासाको जवाफ संस्थाका अध्यक्ष सरोज न्यूरेले दिएका थिए । कार्यक्रममा अनुशासित १० जना उपभोक्ता उद्योगीलाई दोसल्लासहित सम्मान गरिएको थियो । साधारण सभामा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाले हाल घोडाघोडी नगरपालिका वडा नम्बर २, ४, ५, ६, ७, ८ र ९, गौरीगंगा नगरपालिका वडा नम्बर ११ तथा कैलारी गाउँपालिका वडा नम्बर ८ मा विद्युत् सेवा विस्तार गरिरहेको जनाएको छ । वि.सं. २०६६ सालमा स्थापना भएको उक्त संस्थाले हाल करिब ९ हजार घरधुरीमा विद्युत् सेवा पुर्‍याएको छ । कार्यक्रममा जनप्रतिनिधि, साधारण सदस्य, शेयर सदस्य, उपभोक्ता लगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो । संस्थाकी उपाध्यक्ष निर्मला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव मेघ बहादुर साउँदले गरेका थिए ।

ताजा खबर

The Ultimate Guide to Playing Roulette Red Door

A Comprehensive Guide to Legitimate ESA Letters

Kasyno online aplikacja: przewodnik dla doświadczonego gracza

The Ultimate Guide to Live Dealer American Roulette

Learn More About the Top Slots in the World

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमागोदावरी आर्यघाटमा सरसफाई

धनगढी/कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ । शनिबार नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा

अझै पढ्नुहोस्