कटैनी र कान्द्रा उपजलाधार नागरिक सञ्जाल  कैलालीको पहिलो छुट्टाछुट्टै  बैठक सुखडमा

शेयेर गर्नुहोस

धनगढी/कटैनी उपजलाधार नागरिक सञ्जाल र कान्द्रा उपजलाधार नागरिक सञ्जाल  कैलालीको पहिलो छुट्टाछुट्टै  बैठक सुखडमा सम्पन्न भएको छन ।

कटैनी संयोजक हरिप्रसाद तिवारी र कान्द्राका लक्ष्मण चौधरीको अध्यक्षतामा बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा जलाधार व्यवस्थापनका विविध विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले प्रत्येक दुई महिनामा नियमित बैठक बस्ने, कार्ययोजना निर्माण गर्ने, राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालासँग निरन्तर संवाद र छलफल गर्ने निर्णय गरेको छ। साथै, प्रकोप नियन्त्रणका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने, जोखिम तथा अति जोखिम क्षेत्रको पहिचान गर्ने, एकीकृत विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने र स्रोत व्यवस्थापनका लागि संघ–संस्थासँग सहकार्य गर्ने सहमति जुटाइएको छ।
नागरिक सञ्जालले कटैनी नदी आसपासका विपद् जोखिम क्षेत्र पहिचान गर्ने, जलाधार क्षेत्रका मुद्दामा बहस, छलफल र पैरवी गर्ने तथा प्रकृतिमा आधारित समाधानका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। सहमति संस्थाका प्रकृतिमा आधारित समाधान परियोजना संयोजक शिव सुवेदीका अनुसार, यस्ता कार्यक्रमले दीगो रूपमा विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हाल सहमति संस्था, डब्लुडब्लुएफ, आइएफआरसी र नेपाल रेडक्रस सोसाइटी कैलालीको सहकार्यमा गौरिगंगा, मोहन्याल, घोडाघोडी, भजनी र कैलाली गाउँपालिकाबाट बग्ने कान्द्रा र कटैनी नदी क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।
स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीचको सहकार्यबाट जलाधार संरक्षण तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सञ्जालले आगामी दिनमा सक्रियता बढाउने जनाएको छ।

ताजा खबर

Emojino Casino: The Evolution of Modern Slot Machines in Online Gaming Platforms

Kiekvienamei Zaidymeje Prisimenuoja Žemės Gelbėjimo Kelias

Riches in Echtgeld spielen mit dem Club Riches Casino

Gorilla Casino – Die Stärksten Des Glücks Spielautomaten

Top Rated Best Casino Promotions: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्