नेपालमा समावेशी समुदायको लागि शान्तिपूर्ण सशक्तीकरण परियोजनाको सल्लाहकार समितिको बैठक सम्पन्न

शेयेर गर्नुहोस

धनगढी, १० चैत । नेपालमा समावेशी समुदायको लागि शान्तिपूर्ण सशक्तीकरण परियोजनाको सल्लाहकार समितिको बैठक मंगलबार गोदावरीमा सम्पन्न भएको छ ।


मानव अधिकारका लागि महिला, एकल महिला समुह सुदुरपश्चिम प्रदेशले कुर्वे विष्ट्रोको सहयोगमा गोदावरी नगरपालिकामा सन २०२५ देखि २०२७ सम्म सञ्चालन गरिएको नेपालमा समावेशी समुदायको लागि शान्तिपूर्ण सशक्तीकरण परियोजनाको सल्लाहकार समितिको बैठक मंगलबार सम्पन्न भएको हो ।


गोदावरी नगरपालिकाका उपप्रमुख शारदा देवी रोकायाका अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकारका लागि महिला, एकल महिला समुह सुदुरपश्चिम प्रदेशका प्रदेश कार्यक्रम अधिकृत वेद अवस्थी परियोजनाबाट सञ्चालित गरिविधिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।


परियोजनाले गोदावरी नगरपालिकामा रहेका एकल महिला, द्वन्दप्रभावित, सीमान्तकृत महिला र एचआइभी संक्रमित महिलाहरुलाई समुह गठन गरि समुहमा भएका एकल महिलाहरुलाई आवद्ध गराउन अभिप्रेरित गराएको छ । परियोजनाले गोदावरी नगरपालिकामा १२ वटा वडामा ३÷३ वडाको सहभागी रहने गरि ४ वटा समुह गरिएको छ ।

समुहमा सदस्य संख्या ८४ जान, एकल महिला संख्या ३६ जान, द्वन्दपीडित महिला ११ जान, सीमान्तकृत सदस्य संख्या २१ रहेका छन । एचआइभी संख्या १६जान, ४ जान लोकल लिडर रहेका छन ।
परियोजनाले पाँच दिने वेसार खेती तालिम पश्चात गोदावरी नगरपालिकाको वडा नम्बर ८ फकलपुरमा वेसार संकलन तथा प्रशोधन केन्द्र स्थापना गरेको छ ।


कार्यक्रम अधिकृत अवस्थी सो प्रशोधन तथा विक्री केन्द्रबाट वेसार उत्पादन भई विक्री वितरण भैरहेको बताउनु भयो । परियोजनाबाट विभिन्न गतिविधि संचालनसँगै प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि निर्वाचन चारैवटा समुहमा निर्वाचन शिक्षा कार्यक्रम गरिएको बताउनु भयो ।


उहाँले एकल महिला, द्वन्दप्रभावित, सीमान्तकृत महिला र एचआइभी संक्रमित महिलाका बालबालिकाहरुलाई छात्रृति प्रदान गरिएको बताउनु भयो । त्यसैगरी गोदावरी नगरपालिकाको १ र १२ नम्बर वडाबाहेक सबै वडामा बजेट विनियोजन गरिएको बताउनु भयो । एकल महिला, द्वन्दप्रभावित, सीमान्तकृत महिला र एचआइभी संक्रमित महिलाहरुको छुटयाएको बजेट थोरै भएकोले सबैलाई समेट अप्ध्यारो रहेका बताउनु भयो ।

कार्यक्रममा नगर उपप्रमुख शारदादेवी रोकाया महिलालाई आर्थिक रुपमा बलियो बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नु भयो, एकल महिला, द्वन्दप्रभावित, सीमान्तकृत महिला र एचआइभी संक्रमित महिलालाई नगरपालिकाले आगामी दिनमा समेटेर लग्नु पर्छ । वहाँहरुलाई सीप र आयआर्जनसंँग जोडनसके मात्र आर्थिक रुपमा बलियो बनाउन सकिन्छ ।


कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रमुख, मानव अधिकारका लागि महिला, एकल महिला समुह सुदुरपश्चिम प्रदेशका अध्यक्ष भगवती हमाल, जिल्ला उपाध्यक्ष धना पाठक, कोषाध्यक्ष मीना भण्डारीलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

ताजा खबर

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

LExpérience BravoPlay en Ligne : Jouer les Machines à Sous avec Précaution

सम्बन्धितखवर

छुटाउनु भयो कि !