राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको रक्षामा नेपाली सेनाको अहम् भूमिका छ : प्रदेश प्रमुख मियाँ

शेयेर गर्नुहोस


कैलाली /सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षामा नेपाली सेना को अहम् भूमिका रहेको बताएका छन् ।


नेपाली सेना दिवसका अवसरमा धनगढीमा आयोजित एकता दौड कार्यक्रममा प्रदेश प्रमुख मियाँले राष्ट्रिय सुरक्षाको मेरुदण्डका रूपमा नेपाली सेनाले निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका थिए । राष्ट्रमा आइपर्ने विभिन्न सङ्कट, विपद् तथा चुनौतीका समयमा सेनाले जनधनको सुरक्षा र शान्ति–सुव्यवस्था कायम गर्न प्रभावकारी भूमिका खेलेको उनको भनाइ थियो ।


प्रदेश प्रमुख मियाँले नेपाली सेना जनताको विश्वास, राष्ट्रको ढाल र गौरवको प्रतीक रहेको समेत उल्लेख गरेका थिए ।
‘जनतालाई नै केन्द्रबिन्दुमा राखेर राष्ट्रका कुनाकाप्चामा जनहितको कार्य गर्दै आएको छ’, उनले भने, ‘आफ्नो ज्यानको परवाह नगरी जनरक्षाका लागि नेपाली सेना निरन्तर खटिरहेको छ । ’


सुरक्षित राष्ट्रको भावनालाई आत्मसात् गर्दै प्रदेश स्तरमा आयोजना गरिएको एकता दौडले सुदूरपश्चिम प्रदेशका जनतालाई नेपाली सेनाको बारेमा अझै नजिकबाट जान्ने बुझ्ने अवसर प्रदान गरेको मियाँको भनाइ थियो ।उनले एकता दौड केवल मनोरञ्जनमात्र नभई राष्ट्रिय एकताको प्रतीक रहेको उल्लेख गरेका थिए । यसले जनतालाई एकसाथ अघि बढ्ने प्रेरणा दिएको प्रदेश प्रमुख मियाँले बताए ।

सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरी ब्यारेकको आयोजना गरिएको कार्यक्रममा पृतनापति किरण केसीले स्वागत गर्दै एकता दौडबारे प्रकाश पारेका थिए । छात्र \छात्राको ५ किलोमिटर र १० किलोमिटर दौड प्रतियोगिता प्रथम, दोस्रो र तेस्रो भएका सहभागीहरूलाई नगदसहित सम्मान समेत गरिएको थियो ।


उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की , भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा , धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल , उपप्रमुख कन्दकला राना , सुदूरपश्चिम प्रदेशका मुख्यन्याधिवक्ता ठेकेन्द्रराज जोशी लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

The Ultimate Guide to 100 rs Deposit Casino: Everything You Need to Know

Polska ruletka online: wszystko, co musisz wiedzieć

Die effektivsten Online-Casino-Dienste: Ein umfassender Leitfaden zur Selektion der perfekten System

The Ultimate Guide to Online Roulette Casinos

Cascaderende winsten op de speelautomat

Cassinos que Aceitam Pix: Tudo o Que Você Precisa Saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Vavada играть онлайн выгодно и интересно

Vavada играть онлайн выгодно и увлекательно Пользуясь предложениями данной платформы, вы получаете доступ к разнообразным играм и акционным предложениям, которые способствуют увлекательному времяпрепровождению и возможность

अझै पढ्नुहोस्