अवैध रूपमा वन अतिक्रमण गरी सालका कडि बरामद

शेयेर गर्नुहोस

धनगढी/कैलालीको चुरे गाउँपालिका-२ अन्तर्गत रानीभुकुडा क्षेत्रमा अवैध रूपमा वन अतिक्रमण गरी सालका रुख काटिएको खुलेको छ। डिभिजन वन कार्यालय धनगढीको टोलीले विशेष सूचनाका आधारमा शनिबार छापा मार्दै ठूलो परिमाणमा सालको काठ बरामद गरेको हो।

खैराला सब–डिभिजन वन कार्यालयका वन अधिकृत समीर थापा, रेन्जर नवराज उपाध्याय तथा सशस्त्र वन रक्षकहरू सम्मिलित टोलीले वन क्षेत्रमा पावर चेन आरा प्रयोग गरी काटिएका विभिन्न नापसाइजका काठ फेला पारेको जनाएको छ।

छापाका क्रममा करिब २०० वटा कडी, फन्टा र फ्रेम बरामद गरिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख राम विचारी ठाकुरले जानकारी दिए।

उनका अनुसार घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचानका लागि थप खोजतलास र अनुसन्धान कार्य जारी रहेको छ। प्रारम्भिक अनुसन्धानबाट अवैध रूपमा काठ तस्करी गर्ने उद्देश्यले वन फँडानी गरिएको आशंका गरिएको छ।

चुरे क्षेत्र संवेदनशील वन क्षेत्रका रूपमा परिचित भए पनि पछिल्लो समय यहाँ अवैध वन फँडानी र काठ तस्करीका गतिविधि तीव्र बन्दै गएका छन्। वन कार्यालयले वन संरक्षणमा थप कडाइ गर्दै नियमित अनुगमन र छापा अभियानलाई निरन्तरता दिने जनाएको छ।

वन क्षेत्रको दोहनले वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने भन्दै स्थानीय स्तरबाट समेत निगरानी र सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

ताजा खबर

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

Genuine opportunities await players with theluckygemcasino.nl and exciting bonus features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Верификация по документам в онлайн‑казино: как пройти проверку без лишних хлопот

Онлайн‑казино растут так же быстро, как и скорость интернета.За каждым бонусом стоит система контроля, которая защищает и игроков, и операторов.В России верификация стала не просто

अझै पढ्नुहोस्
समाचार

विभिन्न पदमा आफन्तलाइ दियको नियुक्ति खारेजको माग सुदूरपश्चिम एमाले संसदीय दल

धनगढी/नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिममा एमालेका मन्त्री राज्यमन्त्रीहरूले परिवारका सदस्यहरूलाई दिएको नियुक्ति खारेज गर्न भनेको छ । एमाले संसदीय दलको कार्यालय आगलागीले ध्वस्त

अझै पढ्नुहोस्