कैलालीको चुरे क्षेत्रमा ठूलो परिमाणमा सालको चिरान काठ बरामद

शेयेर गर्नुहोस


धनगढी/कैलालीको चुरे गाउँपालिका–५ स्थित मौरी गाउँको बाँसपानी सामुदायिक वन उपभोक्ता समूह क्षेत्रबाट अवैध रूपमा कटान गरिएको १२८ क्यूफिट चिरान काठ बरामद गरिएको छ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरको नेतृत्वमा आज गएको टोलीले विशेष सुराकीका आधारमा वन क्षेत्र बाट ल्याइ गाउका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएको काठ बरामद गरेको हो।

चुरे क्षेत्रमा काठ चोरी–तस्करी भइरहेको भन्ने सूचनापछि गरिएको गस्तीका क्रममा दुई सय १० थान चिरान गरिएको कडी र २३ थान फ्रेम बरामद गरिएको डिभिजन प्रमुख ठाकुरले जानकारि दिए ।

तस्करहरूले जंगलमै हाते आरा प्रयोग गरी काठ चिरान गरेर बिक्रीका लागि सिस्नु र बाँसको झाङभित्र लुकाइ राखेको अवस्थामा उक्त काठ बरामद गरिएको जनाइएको छ।

काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र छिट्टै पक्राउ गरि वन ऎन २०७६ अनुसार कामकारबाही गरिने डिभिजन वन कार्यालय धनगढीले जनाएको छ।

ताजा खबर

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Understanding ESA Letters in West Virginia: A Comprehensive Guide

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Proč je stoprocentní lokalizace herní nápovědy do češtiny klíčem k úspěchu?

Live dealer tafels voor echte Nederlandse speler

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

उज्यालो टीकापुर कार्यक्रमकाे नगर प्रमुख द्वारा हाइ मास्ट लाइटकाे स्विच अन गरि उद्घाटन

टीकापुर/टीकापुर नगरपालिकाले शनिबार खड्ग चाेकबाट उज्यालो कार्यक्रमकाे शुभारम्भ भएको छ । नगर प्रमुख रामलाल डगाैरा थारुले पत्रकार सम्मेलन गरि खड्ग चाेकमा हाइ मास्ट लाइटकाे स्विच

अझै पढ्नुहोस्