स्थानीय तहहरुबीच सडकमा झलिमिली बत्ती बाल्ने होडबाजी, बत्तीले चराचुरुङ्गी र किराफट्याङ्ग्रालाई चुनौती

शेयेर गर्नुहोस


जमुना न्युरे/पृथ्वीमा दुई प्रतिशतका दरले अनावश्यक मानव निर्मित कृत्रिम उज्यालो बढ्दै गएको छ । यसको प्रत्यक्ष असर बसाइँसराइ गर्ने चराचुरुङ्गीलाई पर्ने गरेको छ ।

उड्न सक्ने भएकाले होला, चराचुरुङ्गीको घुमफिर यात्रा अन्य जीवजन्तुको भन्दा बेग्लै हुन्छ । उनीहरुले ओगट्ने क्षेत्र पनि ठूलो हुन्छ । कतिपय चरा त मौसम अनुसार हजारौँ माइलको दूरी पार गरी बसाइँसराइ गर्छन् ।


स्थानीय रुपमा पाइने चराचुरुङ्गीहरु भँगेरो, उल्लु, चमेरा, गौँथली, परेवा, नाइटजार (चैतेचरा) तथा स–साना किराहरुलाई बत्तीका कारण प्रत्यक्ष असर पुगेको चराविद् दयाराम चौधरीले बताए । विभिन्न राजमार्ग तथा सडकमा राखिएका बत्तिका कारण चराचुरुङ्गीलाई मात्र होइन् स–साना किराहरु, पुतली तथा फट्याङग्राहरु समेतलाइ असर परेको छ ।

तिनै स–साना किटपतङ्गका कारणले पारस्थितिक प्रणाली चलिरहेको चराविद् कृष्ण भुसालले बताए । उनले अनुकूल मौसम, सुरक्षित वासस्थान, चरन र उपयुक्त प्रजनन क्षेत्रको खोजीमा चराचुरुङ्गी एक ठाउँबाट अर्को ठाउँमा तथा एक महादेशबाट अर्को महादेशमा आवतजावत गर्छन् ।

पछिल्ला दिनहरुमा मानवीय क्रियाकलापका कारण बसाइँसराइ गर्ने चराचुरुङ्गी सङ्कटमा पर्दै गएका छन् । त्यसैले बसाइँसराइ गर्ने चराचुरुङ्गीको दिगो संरक्षण, तिनको आहार, वासस्थान र उडान मार्ग सुरक्षीत रहन सकेको छैन । रातको झिलिमिली उज्यालोलाई हामी आकर्षक ठान्छौं, विकासको प्रतीक मान्छौं । तर, यस धर्तीमा अँध्यारोमा मात्र सक्रिय हुने हजारौं जीवजन्तु र लाखौं कीराफट्याङ्ग्रा छन् र तिनलाई उज्यालोले असर गर्छ भन्नेबारे मानिस बेपरवाह छन् ।

चराचुरुङ्गी चहकिलो बत्तीतर्फ आकर्षित भएर त्यता जाँदा आफ्नो बाटो बिराउने, हराउने, ठोक्किने मात्र होइन, त्यहाँ ढुकेर बसेका शिकारीको निशानामा पनि पर्ने गर्छन् । रातको उज्यालोले चराचुरुङ्गीको २४ घण्टा समयको शारीरिक ‘जैविक घडी’लाई पनि प्रभावित पार्छ ।

चराविद् तथा स– साना किराहरुका बारेमा अध्ययन तथा अनुसन्धान गरिरहेका डा आनन्द चौधरीले रातिको समयमा सक्रिय हुने जुनकीरी अध्यारोमा तारा तथा जुनको प्रकाशमा आफ्नो जोडि खोज्ने गरेका बताए । जुनकीरीको प्रकाश देखेर नै भाले–पोथी जुनकीरीको भेट हुनुका साथै प्रजनन प्रक्रिया समेत हुने गर्दछ । तर राजमार्गलगातका सडक रङ्गिन बत्तीले सजाउँदा त्यहाँ जुनकिरीको प्रकाश देखिँदैन । उनीहरुको भेट नै हुन पाउँदैन । स–साना किराहरु बत्तिको प्रकाशतर्फ आकर्षित हुँदा प्रत्येक दिन हजारौँको सङ्ख्यामा मरिरहेका डा .चौधरीले बताए ।

डा चौधरीले भने करीब ७० प्रतिशत स्तनधारी जनावर रातमा आहारबिहार, हिँडडुल र प्रजननका लागि सक्रिय हुन्छन् भने दिनमा लुकेर बस्छन् । आराम गर्छन् । चरा प्रजातिका लाटोकोसेरो, चैते चरा जस्ता करीब ३० प्रतिशत प्रजाति आफ्नो गुजाराका लागि रातमा सक्रिय हुन्छन् । दिनमा सक्रिय हुने चराले पनि बसाइँसराइ रातको समयमा नै गर्ने गर्छन् ।

दिनभर आहारको खोजी र शक्ति सञ्चयमा बिताउने चरा रातमा उड्दा शत्रुको जोखिम कम हुनुका साथै जुन र तारा उडानमार्ग पहिल्याउन सहयोगी हुन्छन् । रातमा तापक्रम कम हुने र वायुमण्डल पनि स्थिर हुँदा चरालाई उडान भर्न सजिलो हुन्छ । अध्ययनकर्ता चौधरीले राजमार्गमा बत्ती जडान गर्दा चारै तिर प्रकाश जाने गरी होइन् सडकको तलतिर जानेगरी ढाकेर, छोपेर, कुन रङ्गको बत्ती लगाउँदा के कस्तो असर गर्छ भनी खोज अध्ययन गरेर लगाउनुपर्ने बताए ।

बाज, चिल, गिद्ध जस्ता शिकारी चराले दिनमा बसाइँसराइ गर्ने हुँदा तिनबाट बच्न पानी चरा र अन्य गीतारु चरा, साना फिस्टे, चाँचर प्रजातिका चरा रातमा बसाइँसराइ गर्छन् ।

धनगढी उपमहानगरपालिकाले कैलाली भन्सार कार्यलय पालिकाको क्षेत्र भित्र पर्ने ६ लाइन राजमार्ग, जेए – जि मार्ग, कैलाली बहुमुखी क्याम्पस रोड, हसनपुर जाइ रोडमा रङ्गिन बत्ति जडान गरेको छ । गोदावरी नगरपालिकाले पनि धनगढी उपमहानगरपालिकाको देखासिकी गरेर अत्तरिया–धनगढी ६ लाइन राजमार्गमा करिब ७ किलोमीटर सौर्य सडकमा बत्ती बालेको छ ।

यस विषयमा जानकारी लिनका लागि धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाल तथा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीसँग फोन सम्पर्क हुन सकेन । गोदावरी नगरपालिका इन्जिनियर पूर्णबहादुर कुँवरले भने बत्ती लगायतमा जडान गरिएका बत्तिको असरबारेमा अध्ययन गरेका छैनौँ । नेपाल विधुत् प्राधिकरण र स्थानीय तहको साझेदारीबाट बत्ति जडान गरिएको उनले बताए । कुवरले भने वातावरण प्रभाव मुल्याङ्कन गरिएको भए पनि विस्तृतमा सडकबत्तिले चरा तथा किराहरु तथा मानिसलाइए समेत असर गर्ने गरे पनि यसबारे प्राविधिक अध्ययन अनुसन्धान नभएको बताए ।

स्थानीय पालिकाहरु स्थानीय पालिका सन्चालन ऎन अनुसार भन्दै सडकमा बत्ति बाल्ने गरेका छन् सम्बन्धित सरोकारवाला निकाय भने मौन रहेको पाइन्छ ।

आजभोलि यी बत्तिहरु तालका छेउमा , पर्यटकिय स्थलहरुमा , ले मानविय स्वास्थ्यमा असर , प्रकाश पदूषण , बत्तिका कारण तापक्रम बढ्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Seamless sports betting access with bovada lv and enhanced user experience

Parlak kombinasyonlar sunan Gates of Olympus vodds, oyunculara eşsiz fırsatlar veriyor

Essentielles réductions et bonuskong app pour optimiser vos achats en ligne durablement

Einzigartige Vorteile entdecken und mit bonuskong deine Ersparnisse steigern ist möglich

Elegantes Ambiente und roulettino für unvergessliche Spielabende mit Freunden

सम्बन्धितखवर

छुटाउनु भयो कि !