सिमाक्षेत्रबाट चाेरी तस्करी बढ्याे, सत्ती भन्सारकाे राजस्व संकलनमा कमि

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला
कैलाली , टीकापुर / कैलालीको सिमा क्षेत्रमा चाेरि तस्करी घटना बढे संगै भन्सार कार्यालयकाे राजस्व संकलनमा दिन प्रतिदिन कमि आएको छ ।
कैलालीका विभिन्न चाेर नाकाबाट विना भन्सार चाेरि तस्बिर गरि सामान नेपाल भित्रीन थालेपछि भन्सार कार्यालयकाे राजश्व संकलमा कमि आएको हाे ।

कैलालीको टीकापुर नगरपालिका वडा न ९ स्थित सत्ती भन्सार कार्यालय खक्राैलाले चालू आर्थिक बर्षकाे श्रावण महिना १ कराेड ७२ लाख १४ हजार राजस्व संकलन भएकाे छ भने भाद्रमा १कराेड ९०लाख ९ हजार असाेजमा १ कराेड २०लाख २२ हजार कार्तिक महिना १ कराेड ९ लाख चाैध हजार मात्रै राजस्व संकलन भएकाे भन्सारका प्राबिधक दिलिप कुवँरले जनाकारी दिनु भयाे । कैलालीको भजनी र टीकापुर क्षेत्रमा प्रहरीकाे मिलेमत्ताेमा चाेरी तस्करी बढेका कारण भन्सार काे राजस्व संकलनमा आएकाे भन्सारका कर्मचारीकाे भनाई रहेकाे छ ।

गत बर्ष चाेरी तस्करीका समान प्रहरीले ब्यापकरुपमा पक्राउ गरिएकाे जसमा १५० वटा मुद्दा दर्ता भएकाे र चालू आवकाे मंसिर १५ गतेसम्म ५९ वटा मात्रै चाेरी तस्करीका मुद्दा दर्ता भएकाे सत्ती भन्सार कार्यालय खक्राैलाकाे मुद्दा फाँटमा कार्यरत नायब सुब्बा लक्ष्मी बिकले जानकारी दिनु भएकाे छ ।

ती पनि साना तिना समानका मुद्दा रहेकाे बिकले बताउनुभयाे । नायब सुब्बा बिकका अनुसार चालू आर्थिक वर्षकाे श्रावण महिनामा चाेरी तस्करी १७ वटा मुद्दा दर्ता भएको थियाे । भाद्रमा १६ वटा , असाेज महिना १२ वटा कार्तिक १० वटा मंसिर १५ गते सम्ममा ४ वटा मात्रै चाेरी तस्करीका मुद्दा प्रहरीले दर्ता गरेकाे थियाे ।

सत्ती भन्सार कार्यालयले चालू आर्थिक बर्षमा २० कराेड राजस्व संकलनकाे लक्ष्य राखेकाेमा पूरा नहुने देखिएकाे छ । गत वर्ष १५ कराेड ४२ लाख राजस्व संकलन गरेकाे थियाे । कैलालीको भजनी क्षेत्रकाे मरिया घाट ,कुसुमघाट, काैवाखेडा , हिम्मतपुर बक्टरियाघाट लगायतका क्षेत्रबाट चाेरी तस्करी बढेकाे स्थानिय बासिन्दाकाे भनाई रहेकाे छ ।
भजनी नगरपालिका वडा न ५ लालबाेझि स्थित पृथ्विपुर छाेटी भन्सार कार्यालय २ बर्ष देखि संचालन हुन नसक्दा साे क्षेत्रबाट चाेरी तस्करी बढेकाे छ ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

1000 тенге за регистрацию без депозита: как казахстанские игроки получают стартовый капитал В Казахстане онлайн‑казино растут как грибы после дождя.Каждый день появляются новые площадки, а

अझै पढ्नुहोस्