युवा दिवसमा युवा उद्यमी मञ्च कैलालीद्धारा रक्तदान

शेयेर गर्नुहोस


धनगढी/ विश्व युवा दिवसको अवसरमा नेपाली युवा उद्यमी मञ्च कैलाली च्याप्टरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिका आधार भन्ने मुल नाराका साथ मनाईएको २५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवा उद्यमी मञ्च कैलाली च्याप्टरले धनगढीको फल्याटल्याण्ड फुटसलमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेको मंञ्चका उपाध्यक्ष आशिष शाहले बताए ।मंञ्चको कैलाली च्याप्टरका अध्यक्ष अच्युत दहालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि मञ्चको कैलाली च्याप्टरका संस्थापक अध्यक्ष तथा कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा रहेका थिए ।

समापन कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सर्वाधिक रक्तदाता तथा रक्तदान सदभावना दुत दीपक उपाध्याय, मञ्चका पुर्व अध्यक्ष कुवेर शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित
नेपाली युवा उद्यमी मंच कैलालीले सुदुरपश्चिम प्रदेशका सर्वाधिक रक्तदाता तथा रक्तदान सदभावना दुत दीपक उपाध्यायलाई सम्मान गरेको छ ।

मंचका अध्यक्ष दहाल र संस्थापक अध्यक्ष पुष्कर ओझाले रक्तदानको क्षेत्रमा अहोरात्र खटी स्वयम सयौं पटक रक्तदान गरि रगतको अभावमा रहेका हजारौको जीवन बचाउन खेलेको भुमिकाको प्रशंसा गर्दै उपाध्यायलाई दोसल्ला प्रशंसापत्र र नगद सहित सम्मान गरेको मंचका प्रथम उपाध्यक्ष आशिष शाहले बताए ।यस्तै आफु स्वयम ११० औं पटक रक्तदान गरि रक्तदानको क्षेत्रमा उल्लेखनिय सकारात्मक भुमिका निर्वाह गरेको भन्दै सहारा क्लब पहलवानपुरले पनि उपाध्यायलाई सम्मान गरेको छ ।

उपाध्यायलाई घोडाघोडी नगरपालिकाका मेयर खडक बहादुर रावत र क्लबका अध्यक्ष निर्मल मिश्रले प्रशंसापत्र सहित सम्मान गरेका छन ।


सन १९९८ मा, पोर्चुगल सरकारले संयुक्त राष्ट्र संघको सहयोगमा आयोजना गरेको युवाका लागि जिम्मेवार मन्त्रीहरूको विश्व सम्मेलनको पहिलो सत्रले १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको थियो । त्यो सिफारिसलाई पछि महासभाको चौपन्नौं सत्रले ूयुवाहरू संलग्न नीतिहरू र कार्यक्रमहरूू शीर्षकको प्रस्ताव सन १९९९ मा अनुमोदन गरेको दिनदेखि प्रत्येक बर्षको १२ अगस्टका दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै आएको छ ।

सर्वाधिक रक्तदाता उपाध्यायले गरे ११० औं पटक रक्तदान
विश्व युवा दिवसको अवसरमा सर्वाधिक रक्तदाता दिपक उपाध्यायले ११० औं पटक रक्तदान गरेक छन् । कैलालीको घोडाघोडी नगरपालिका १० पहलवानपुरमा रहेको सहारा युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा उपाध्यायले ११० औं पटक रत्तदान गरेका हुन् । सुदुरपश्चिम प्रदेशका सर्वाधिक सतक रक्तदाता रक्तदान सदभावना दुत दीपक उपाध्यायले ११० औं पटक रक्तदान गरेका हुन । रक्तदान कार्यक्रममा उपाध्याय सहित ५१ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष निर्मल कुमार मिश्रले जानकारी दिए ।

ताजा खबर

The Ultimate Guide to Online Roulette Casinos

Cascaderende winsten op de speelautomat

Cassinos que Aceitam Pix: Tudo o Que Você Precisa Saber

Understanding the Expense of an ESA Letter: What You Need to Know

Die allerbesten Online-Glücksspielunternehmen Liste: Das passende Glücksspiel-Erlebnis entdecken

Comprehending ESA Letters in North Dakota: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !