बाँसबाट हस्तकलाको सामाग्री बनाउने सिप विकास तालिम सम्पन्न

शेयेर गर्नुहोस

सुखड/घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा सञ्चालित बाँसबाट हस्तकलाको सामाग्री बनाउने सिप विकास तालिमको सम्पन्न भएको छ । पालिकामा रहेको  गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम(मेड्पा)को आयोजनामा जेठ १७ गते देखी ३१ गते सम्म तालिम सञ्चालन गरीएको थियो । 

नगर प्रमुख खडक बहादुर रावतको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमका बिच तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले तालिम बाट सिकेका कुराहरू पूर्ण रूपमा व्यवहारमा लागु गर्न सहभागीहरूलाई आग्रह गरे ।

तालिममा सिकेको सिप,ज्ञान,प्रविधिलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सके आत्मनिर्भर बनिने उनको भनाई थियो । सीप सिकेपछि पेसा तथा व्यवसाय सञ्चालन गरेर सफल उद्यमी बन्न सकिने उनको भनाई थियो । यस तालिम बाट आय आर्जन गर्नमा ठुलो भूमिका खेल्ने उनको भनाई थियो । बाँसका सामग्रीको बजारीकरणका लागि नगरपालिकाले कोसेली घरको निर्माण गर्ने योजना बनाएको नगर प्रमुख रावतले बताए ।

कार्यक्रममा योजना शाखाका प्रमुख जयन्त कुमार विष्टले सिकेको सीपलाई व्यवहारमा लागु गरी सफल लघु उद्यमी बन्न आग्रह गरे । स्थानीय कच्चा पदार्थको उपयोग गरी आयआर्जन बढाउन यो तालिमलाई अवसरको रुपमा प्रयोग गर्न उहाँको सुझाव थियो ।

वडा नम्बर १० का अध्यक्ष विजय राज स्वारले आर्थिक सशक्तीकरण सहित अर्थोपार्जनका गतिविधिमा सहभागी बनाउन वडा कार्यालय लागी परेको उनले बताए । सिप विकास सहितको रोजगारी सृजना आजको आवश्यकता भएको वडा अध्यक्ष स्वारको भनाई थियो ।

तालिममा वडा नम्बर १० बाट छानिएका १५ जना महिला तथा पुरुष प्रशिक्षार्थीहरू रहेका थिए । प्रशिक्षार्थीहरूको  आर्थिक अवस्था बलियो हुने र जीविकोपार्जन तथा आयआर्जनमा टेवा पुग्ने उद्देश्यले तालिम सञ्चालन गरीएको लघु उद्यम विकास कार्यक्रमका सहजकर्ता जुगिना चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Vegas Stars Slot Machine Fun and Fortune Game Online

The Allure of Slot Machines at X3Bet Online Casinos

The Slotosport Gaming Experience Overview

Exploring the X3Bet Online Casino Slot Experience

ZoloBet Casino Game Selection and Betting Options Explained

BetX Casino: Rechtelijke Bescherming van Spelers in Online Gokverenigingen.

सम्बन्धितखवर

छुटाउनु भयो कि !