TRENDING
What are the Best Casino Games?
Discover the Enjoyment of Free Gambling Enterprise Gamings Online
Next
Prev

पुरैना तालमा पुन निर्माणका लागि माटोको ड्याम बनाउँदै

शेयेर गर्नुहोस

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ ।

डिभिजन बन कार्यलय पहलमानपुरले तालको पुन निर्माणका लागि आज देखि ड्याम निर्माण कार्य सुरु गरेको छ ।

सब डिभिजन वन कार्यलय भजनी का प्रमुख मो.ताहा हुसेन मिकरानीको नेतृत्वमा आज डिभिजन वन कार्यलय पहलमानपुर अन्तर्गतका सबै सब डिभिजन वन कार्यलयका कर्मचारिहरु , सशस्त्र वन रक्षक , नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायतको टोलि स्थलगत पुरैना तालमा पुगेको छ ।

पुरैना ताल पुन निमार्णका लागि डिभिजन वन कार्यलय पहलमानपुरले करिब ३ बर्ष देखि सामुदायिक बन समन्वय समिती, नापी कार्यलय कैलाली , जिल्ला प्रशासन कार्यलय कैलाली सङ्ग आवश्यक पटकपटक निरन्तर रुपमा ३ बर्ष देखि छलफल पछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन भै ड्याम्म बनाउन सुरु गरिएको हो ।

तालमा स्थानीयहरुले गहुबाली भित्र्याए पछि वन कार्यलयले कार्य क्षेत्रमा गै पुन निर्माण कार्य सुरु गरिएको हो ।

बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो ।


मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।

पुरैना ताल अतिक्रमणमा परेको ताललाई पुरानै स्वरूपमा फर्काउन नापी कार्यालय कैलालीको प्राविधिक टोली र सब डिभिजन बन कार्यलय भजनीको टोलि रेखांकन गरेको थियो  ।अहिले फिल्डमा ६बटा जेसिबिले ड्याम खन्दै गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What are the Best Casino Games?

Discover the Enjoyment of Free Gambling Enterprise Gamings Online

Mejores Casinos Online Mastercard: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दार्चुलामा मनाइने ऐतिहासिक जोलजिवी मेला सांस्कृतिक महोत्सव २०८० को उद्घाटन

जमुना न्युरे/ दार्चुला जिल्लामा मनाइने ऎतिहासिक जोलजिबी मेला साँस्कृतिक महोत्सव २०८० को उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री

अझै पढ्नुहोस्
समाचार

सर्वोच्चको आदेशपछि सुदूरपश्चिम लोकसेवा आयोगको परीक्षा स्थगित

सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले परीक्षा स्थगित गरेको छ । आयोगले गतवर्ष फागुन २० गते जारी गरेको प्रदेश निजामती सेवाका अधिकृत

अझै पढ्नुहोस्
समाचार

लम्कीचुहा अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिका बीच असमझदारी

कैलालीको लम्कीचुहा नगरपालिकास्थित अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिकाबीच असमझदारी बनेको छ। लम्कीचुहा अस्पताल विकास समिति अध्यक्ष तथा नगर प्रमुुुख सुुुुशीला

अझै पढ्नुहोस्