TRENDING
Roulette Online India No Registration: Everything You Need to Know
Ruletka Jackpot Darmowa Gra: Recenzja Eksperta
Mobile Roulette for Android India Popular
Mobile Roulette for iOS in India: A Guide for Professionals
Next
Prev

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

शेयेर गर्नुहोस


मंसिर ६, २०८१ ,काठमाडौं/स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको आयोजनामा नेपालमा नोभेम्वर २१, २०२४ लाई राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवसको रुपमा मनाएकोछ ।

स्वास्थ्य प्रबर्धन आजको आवस्यकता:दीगो स्वास्थ्यको सुनिश्चितता (Health Promotion: Today’s Necessity for Ensuring Sustainable Health) भन्ने मूल नाराकासाथ यो दिवस एक अन्तरक्रिया कार्यक्रम गरी मनाईएकोछ ।
स्वास्थ्य प्रवर्द्धन विधा तथा पेशालाई आम सरोकारवाला सवैलाई जानकारी तथा बुझाउने एवं यो दिवसलाई संस्थागत गर्दै जाने उद्देश्यका साथ काठमाडौं‌मा आयोजना गरिएको यो कार्यक्रम स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा एक ऐतिहासिक कोशे ढुङ्गा मान्न सकिन्छ।


स्वास्थ्य प्रवर्द्धन र शिक्षाा संघ नेपाल स्वास्थ्यकर्मीको हकहितको लागि आवाज उठाउदै आएको पेशागत संगठन हो र यसको स्थापना सन् २०१३ मा भएको थियो ।
राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवसलाई प्रचारप्रसार गर्न साथै यस दिवसलाई संस्थागत गर्न पैरवी गर्ने उद्देश्यका साथ आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतरिक्त सचिव डा. दिपेन्द्र रमण सिंह हुनुहुन्थ्यो।

अन्य अतिथिहरूमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक केशवराज पण्डित, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरे, पूर्व निर्देशकहरु, नेपाल मेडिकल एसोसिएसन (NMA) का महासचिव डा संजिव तिवारी, स्वास्थ्य पत्रकारहरू, , प्राध्यापकहरु, विद्यार्थीहरु, स्वास्थ्य प्रवर्द्धनका विज्ञहरू, र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन HEPEAN का महासचिव डा. भक्त केसी तथा कोषाध्यक्ष विनोद कुमार अर्यालले गर्नु भएको थियो भने स्वागत मन्तव्य सदस्य शीला श्रेष्ठ गर्नुभएको थियो।


कार्यक्रममा स्वास्थ्य प्रवर्द्धन दिवसको पृष्ठभूमि र औचित्य सहित नेपालका स्वास्थ्य समस्याहरू समाधानमा स्वास्थ्य प्रवर्द्धनको बुझाई” भन्ने विषयमा डा भक्त बहादुर केसीले प्रस्तुतीकरण गर्नु भएको थियो । उक्त प्रस्तुतीमा स्वास्थ्य प्रवर्द्धनको आधारभूत जानकारीलाई समेट्दै, स्वास्थ्यमा दीर्घकालीन सुधारको लागि मार्गचित्र, नेपालमा स्वास्थ्यका अपेक्षित उपलब्धिहरु प्राप्त गर्न स्वास्थ्य प्रवर्द्धनले अंगिकार गरेका मूलभूत सिद्दान्तहरु खास गरी जवाफदेहिता शशक्तिकरण र सहभागीता अवलम्वन गर्नु पर्ने कुरा सुझाएकोछ । खास गरी नसर्ने रोगको महामारीलाई सम्वोधन गर्न स्वास्थ्यका वृहत्तर निर्धारकहरुलाई विचार गर्नु पर्ने र यसको सम्वोधनको लागि स्वास्थ्य प्रवर्द्धनका रणनीतिहरु पेश गरिएको थियो । उक्त प्रस्तुती HEPEAN का अध्यक्ष डा. शालिक राम धितालले तयार गर्नु भएको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले यो दिवसलाई नेपालले पहिलो पटक HEPEAN को नेतृत्वमा मनाउने कार्य अति नै प्रशंसनीय रहेको र अन्य राष्ट्रहरूको लागि एक सिकाई हुने भएको बताउनु भयो। उहाँले स्वास्थ्य प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन चार मुख्य क्षेत्रहरूमा ध्यान दिन सुझाव दिनुभयो:
१. विभिन्न सरोकारवालाहरूमाझ स्वास्थ्य प्रवर्द्धनका लागि पैरवी।
२. स्वास्थ्य प्रवर्द्धन मापनका लागि सूचकहरूको विकास।
३. पर्याप्त बजेट विनियोजन।
४. स्वास्थ्य साक्षरता बढाउनु पर्ने ।

● राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक श्री केशव राज पण्डितले अर्को वर्षदेखि यो दिवसलाई राष्ट्रियस्तरमा मनाउन प्रतिबद्धता जनाउँदै बजेट विनियोजन गरिने जानकारी दिनुभयो।
● अतिथि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचारका पूर्व निर्देशक श्री रमेश चन्द्र न्यौपानेले नेपालमा कम्तिमा एक विश्वविद्यालयले स्वास्थ्य प्रवर्द्धन विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो।
● नेपाल चिकित्सक संघका महासचिव डा. संजिव तिवारीले दुरदराजका स्वास्थ्य समस्याहरु समाधान गर्न ठाउँ र बस्तु स्तिथितिमा आधारित योजना निर्माणको आवश्यकता औंल्याउँदै HEPEAN द्वारा नेपालमा राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाउन शुरु गरेको कदमलाई प्रशंसा गर्नुभयो।
कार्यक्रमको समापन HEPEAN का कार्यवाहक अध्यक्ष हेमराज खड्काले गर्नुभएको थियो। उहाँले यो दिवसले स्वास्थ्य प्रवर्द्धनको महत्वलाई उजागर गर्दै समाजमा स्वास्थ्य सचेतना र सशक्तीकरणका नयाँ आयामहरू खोल्ने अपेक्षा व्यक्त गर्नुभयो। साथै उहाँले स्वास्थ्य प्रवर्द्धन दिवसले स्वास्थ्य सुधारमा सबैको साझा जिम्मेवारी हुन्छ भन्ने तथ्यलाई स्मरण गराउदै बिधमान स्वास्थ्य प्रणाली सुदृढ गर्न र प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्यको जिम्मा लिन सशक्त बनाउन प्रतिबद्धता हुनु पर्छ भन्ने कुरामा जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette Online India No Registration: Everything You Need to Know

Ruletka Jackpot Darmowa Gra: Recenzja Eksperta

Mobile Roulette for Android India Popular

Mobile Roulette for iOS in India: A Guide for Professionals

Play Live Roulette Australia Fast: Expert Tips and Strategies

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने

धनगढी- सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने भएको छ । प्रदेशभरका सबै सरकारी अस्पतालमा आइतबारदेखि रगत निःशुल्क सेवाकाे सुरुवात प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु

सुखड/कैलालीको घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु हुने भएको छ । यही जेठ १३ देखी २६ गते सम्म आई

अझै पढ्नुहोस्