नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीसँग खोज्यो राष्ट्रियसभामा भाग

शेयेर गर्नुहोस


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले राष्ट्रियसभामा भाग खोजेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सिट बाँडफाँटमा भाग खोजेको हो ।


नाउपाका संरक्षक चौधरीले सत्ती कर्णाली न्युज डटकम सँग भन्नुभयाे, ‘राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता भएको प्रधानमन्त्री ज्यूलाई जानकारी गरायौँ । हामी गठबन्धनमा रहेकाले सिट बाँडफाँटमा समेटियोस् भन्ने कुरा राखौँ ।’


माघ ११ गते राष्ट्रियसभाका १९ सिटको निर्वाचन हुँदैछ । गठबन्धनभित्रका नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले मात्र भागबन्डाको तयारी छ ।
आफ्नो पार्टीका सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेसमा १ मत रहेको र उक्त मतभार महत्त्वपूर्ण भएकाले तीनमध्ये एक प्रदेशमा उम्मेदवारी पाउनुपर्ने चौधरीको भनाइ रहेकाेछ ।


नागरिक उन्मुक्ति पार्टीले भूमिसुधार मन्त्रालयको नेतृत्व सम्हालिरहेको नाताले कमैया तथा सुकुम्वासीको घरबासको व्यवस्थाबारे पनि प्रधानमन्त्रीसँग परामर्श भएको चौधरीले बताउनुभयाे । देशबाट युवाहरु बाहिरिरहेको भन्दै युवाहरुलाई देशमै रोक्नका निम्ति बाँझो जमिन उपयोग गर्ने दिने नीति लिनुपर्ने कुरा राखेको चौधरीको भनाइ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Baxter Bet Casino: Jogos de Azar com Opções Diversificadas

Online Casino Bonus Offer No Wagering: An Overview to Fair and Lucrative Rewards

The Ins and Outs of No Deposit Perk Casinos

Pommi Kasinon Säännönmukaiset Pelit ja Menunhallinta

Spelutvecklingen vid West Casino – en Omgång i Tid och Rymd

Spela på StoneVegas Casinon med en stor uppsättning spel och vinstchanser!

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रेस युनियन कैलालीको तिज बिशेष कार्यक्रम धनगढीमा सम्पन्न

धनगढी, ११ भाद्र/नेपाल प्रेस यूनियन कैलाली शाखाले तिज विशेष कार्यक्रम मनाएको छ । कैलाली शाखाले हिन्दु नेपाली नारीहरुको विशेष पर्वका रुपमा मनाइने तिजको अवसरमा शनिवार

अझै पढ्नुहोस्
समाचार

डोटेली कान्छाले गरे छोरीको जन्मदिनमा कलाकार कल्याणकारी कोषलाई रकम हस्तान्तरण

जमुना न्युरे/डेउडा प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा संस्थाका बरिष्ठ उपाध्यक्ष युवा नेता सुरत रावत डोटेली कान्छाले आफ्नो कान्छी छोरी डिना रावतको जन्म

अझै पढ्नुहोस्