TRENDING
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri
Next
Prev

धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड

शेयेर गर्नुहोस

घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपले त्यो दिन पालो पाएनन् । उनलाई धान बेच्नका लागि चार दिन लाग्यो ।

जिल्लाको भजनी-४ का राजकुमार चौधरीलाई धान बेच्नका लागि चार दिन लाग्यो । सरकारले तोकेको मूल्यमा धान बिक्री गर्न पाइने आशाले किसान उत्साहित छन् । तर खरिद प्रक्रिया ढिलो भई लामो लाइन बस्दा पालो नआउँदा त्यो उत्साह निराशामा बदलिँदै गएको छ । कतिपय किसानले बिहानदेखि बेलुकीसम्म कुर्दा धान बेच्न नपाई घर फर्किनुपरेको छ । कति रातभरै केन्द्र अगाडि बस्छन्, भोलिपल्ट पहिलो पालोमा आफ्नो धान बेच्न सकुन् ।

तीन दिन भयो घर फर्किएको छैन । घोडाघोडीका किसान विष्णु चौधरी भन्छन्, “धान बेच्न यति दुःख कहिल्यै भएको थिएन । बिहानदेखि बेलुकीसम्म लाइनमा बस्दा पालो आउँदैन, रातमा डल्लफ र धानको सुरक्षा गर्न यही बस्नुपर्छ ।”

उनजस्तै धेरै किसान अहिले सरकारी खरिद केन्द्रमा धान बेच्नका लागि दिनरात लाइनमा उभिरहेका छन् । यस वर्ष सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ तोकेको छ । बजारमा व्यापारीहरूले कम रकममा किन्ने गरेकाले किसान सरकारी मूल्यमा बेच्ने आशामा केन्द्रमा लामबद्ध छन् ।

जिल्लामा कात्तिक ११ गतेदेखि धान खरिद सञ्चालन गर्ने सूचना निकालिएको थियो । मौसमका कारण कात्तिक १६ गतेदेखि धान खरिद सुरु गरेको भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढा बताउँछन् । प्रतिकिसान ५० क्विन्टलका दरले धान खरिद भइरहेको उनले बताए । बुढाका अनुसार खरिदमा ढिलाइ हुनुको प्रमुख कारण पूर्वाधारको कमी हो । उनी भन्छन्, “धान खरिदका लागि एउटा काटामात्र सञ्चालनमा छ । किसानको समस्यालाई मध्यनजर गरी नगरपालिकासँग समन्वय गरी अर्को काटा थप्ने तयारी गरिरहेका छौँ ।”

कैलाली जिल्लाको अधिकांश भूभाग तराईमै पर्छ, जहाँको मुख्य आम्दानीको स्रोत धानलगायत अन्य बाली हो । यहाँका किसानले वर्षभरको मेहेनत यही बालीमा लगाउँछन् । खेतमा पसिना बगाउने उनीहरूका लागि धान बेच्नुमात्र व्यापार होइन, परिवारको जीविकोपार्जनको आधार हो । तर धान बेच्ने पालो नपाउँदा उनीहरू समस्यामा छन् ।

धान बिक्रीमा ढिलाइ हुँदा किसानको आर्थिक अवस्था प्रभावित भएको छ । खेतमा नयाँ बाली लगाउनका लागि रकम चाहिन्छ, तर धान नबेचेसम्म नगद हातमा आउँदैन । कतिपय किसान बाली बेचेर नै घर चलाउँछन् ।

घोडाघोडीकी रमिता चौधरी भन्छिन्, “धान बेचेपछि तिरौला भनेर सापटी मागी घर खर्च चलाएको छु । लाइनमा बसेको दुई दिन भयो खै कहिले पालो आउँछ ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान उत्पादनको पकेट क्षेत्रलाई आधार मानी १३ वटा खरिद केन्द्रहरू सञ्चालन गरिरहेको छ । जसअन्तर्गत नेपालभरि नै कैलालीबाट धान खरिद सुरु गरेको छ । भजनी, मोहनपुर, सत्ती, गौरीगङ्गा, जोशीपुर र टीकापुर गरी जिल्लाका छवटा खरिद उपकेन्द्रमार्फत धान खरिद गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रमुख दीपक थापाले जानकारी दिए। सबै उपकेन्द्रहरूमा किसानको लामो लाइन छ ।

कैलालीमा ३५ हजार क्विन्टल धान खरिद गर्ने भनी तोकिएको छ । हिजोसम्म नौ हजार क्विन्टल बढी खरिद भइसकेको छ । सरकारको समर्थन मूल्यमा नै धान खरिद गरिरहेको बताउँदै उनले भने, “अरू ठाउँमा मूल्य कम पाउने गरेका कारण सबै किसान खरिद केन्द्रमै आएका छन् । जसका कारण निकै भीड छ ।”

अर्कै समस्या जनशक्ति र पूर्वाधर हो । प्रदेश कार्यालयमा कर्मचारीको दरबन्दी कम हुन्छ । चार कर्मचारी, अछाम, बाजुरा, बझाङ, कालिकोटबाट ल्याएको बताउँदै थापाले भने, “यसपटक सरकारको बजेटमा नै धान खरिद गरेबापत रकम किसानको खातामा हाल्ने व्यवस्था गरेकाले कागजातहरू मिलानका लागि एक जना कर्मचारी त्यही व्यस्त हुन्छन् । त्यसैले धान खरिदमा केही जटिल भएको छ ।” एक उपकेन्द्रमा दुई जना कर्मचारी खटाइएको उनले बताए ।

बिहान १०ः०० बजेबाट ४ः०० बजेसम्म धान खरिद गर्नुपर्ने भए पनि किसानको चापका कारण बिहान ८ः०० देखि सुरु गरी बेलुका ९ः०० बजेसम्म नै धान खरिद गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Mostbet Coin Nə İşə Yarar? Qısa Transfer Üstünlükləri

Roulette with Free Spins in the USA: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाहद्वारा आफ्नो क्षेत्रका दुई योजना शिल्यान्स

कैलाली/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रका दुई आयोजनको शिलान्य गर्नु भएको छ। बिहीबार मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नं.२ को

अझै पढ्नुहोस्
समाचार

बेमौसमी पानीले गरेको धानबाली नस्ट प्रती राहत उपलब्ध गराउन सम्बन्धि निकायको ध्यानाकर्षण

जमुना न्युरे,सुखड/बेमौसमी पानीले गरेको धानबाली नस्ट प्रती राहत उपलब्ध गराउन सम्बन्धि निकायलाई ध्यानाकर्षण गरायको छ ।कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटीले कृषकहरूलाई तत्काल

अझै पढ्नुहोस्
समाचार

तरुण दलले गर्‍यो कैलाली क्षेत्र नम्बर ३ मा वृहत् मोटरसाइकल र्‍याली

नेपाली काँग्रेसको शक्तिशाली भातृ सङ्गठन नेपाल तरुण दल घोडाघोडी नगर कार्य समितिले कैलाली क्षेत्र नम्बर ३ मा वृहत् मोटरसाइकल र्‍याली आयोजना गर्दै चुनावी माहोल तताएको

अझै पढ्नुहोस्
समाचार

सुशासन नै पहिलो प्राथमिकताः मतदाताको रोजाईमा मनु

धनगढी/कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह “मनु” ले सुशासनलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी अभियान अन्तर्गत विभिन्न स्थानमा

अझै पढ्नुहोस्