दुई दिने बन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि तालिम सुरु

शेयेर गर्नुहोस

लम्किचुहा नगरपालिका वडा न १ मा बन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि उपकरण तथा क्षमता बिकास तालीम आज सुरु भएको छ ।

पछिल्लो समयमा बढ्दै गएको मानव तथा बन्यजन्तु बिचको द्वन्द्व दिनप्रतिदिन बढ्दै गैरहेको समयमा वन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि तालिम गरिन थालिएको छ ।

तालिममा सहजीकरण गर्दै डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले बन्यजन्तुको बासस्थान नासिएकाले नै अहिले मानव र बन्यजन्तु बिचको द्वन्द्व बढेको हो , पहिले बन घना र चाक्ला रहेका थिय आजभोलि स साना टुक्राकरण भएकाले बनको उत्पादनमा ह्रास आएको छ , बन्यजन्तुको ब्यबस्थापन तथा बन्यजन्तु को लागि अहारबिहार को लागि प्रयाप्त रुपमा घासे मैदान, पानीको लागि पोखरी घोल छैनन , त्यसले गर्दा बन्यजन्तुहरु आहार कै खोजिमा बस्ती नजिक पुग्ने गरेकाले द्वन्द्व बढ्नुका साथै जोखिममा परेका छन् ।

अब हामिले बन्यजन्तु र मानव बिचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक बनमा घासे मैदान निर्माण , पानीका लागि पोखरी निर्माण गर्दै घाइते , बेसाहारा , टुहुरा , बिरामी रहेका जनावरको सरक्षणको लागि हामिले कसरी उद्वार गर्ने , तेसको ब्यबस्थापन कसरी गर्ने जस्ता कार्य गर्नु पर्नेमा जोड दिदै वन्यजन्तु उद्वार तथा उद्वारकेन्द्र ब्यबस्थापन कार्यबिधी २०७३ मा छलफल गरिएको थियो ।

कार्यक्रम माथी प्रकाश पार्दै सब डिभिजन बन कार्यलय चिसापानीका प्रमुख पुर्ण कुमार बिष्टले बन सरक्षित भएको छैन , बनहरुको उत्पादन घट्दो रहेको छ , बनमा एक हेक्टर मा पहिले १००० हुने थियो अहिले १०० बोटबिरुवा उत्पादन हुन सकेको छैन त्यो क्षयिकरणले गर्दा बन्यजन्तुहरु लाई खाना आहारबिहार तथा लुक्ने ठाउँको कमि भएको कारण बन्यजन्तु र मानव बिचको द्वन्द्व बढी रहेको छ ।


भारतको दुधुवा नेसनल पार्क हुँदै बन्यजन्तुहरु कर्णाली कोरिडोर र बर्दिया राष्ट्रिय निकुन्ज बाटो हुँदै चुरे क्षेत्र सम्म पुग्ने गरेका छन बन्यजन्तुहरु , चुरे बाट फेरि बसन्ता सरक्षित क्षेत्र हुँदै अन्य ठाउँ वन्यजन्तुहरु ओहोरदोहोर गर्ने गरेको पाइन्छ , बर्सेनि बाघ बसन्ता सरक्षित बन क्षेत्रमा डमरु हुर्काउन आउने गरेको छ ।

स्थानीयको सहभागी बिना वन सरक्षण हुन सक्दैन भनेर स्थानीय लाई सरक्षणमा ल्याउनका लागि बिगत ३ बर्ष देखि एकीकृत भु परिधी ब्यबस्थापन कार्यक्रम लागू गरिएको छ ।

सो कार्यक्रमले बनमा आश्रीत रहेका , सिमासारमा आश्रीत रहेका ,परिवारहरुलाइ आर्य आर्जनमा जोड्दै , मानव बन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका कार्य गर्दै आएको छ ।

तालिममा मुख्य प्रशिक्षणको रुपमा सर्प उद्दारकर्ता ,नियन्त्रण कर्ता तथा खोज अनुसन्धानकर्ता लक्षमण उपाध्यायले गरेका छ्न । तालिममा डिभिजन बन कार्यलय का मातहतमा रहेका ५० जना बन रक्षकहरुको सहभागिता रहेको छ ।
कार्यक्रम एकीकृत भु परिधी ब्यबस्थापन आयोजना ( इलम )को सहयोगमा र सब डिभिजन बन कार्यलय चिसापानीको आयोजनामा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Odins Fortune Casino Slot Game Experience

Sfida la Fortuna con i Giocchi da Casinò di DailySpins Casino

El Juego de Dinero con Préstamos Rápidos en México, un Servicio Ofrecido por MoneyPanda

Amonbet Casino Slot Experience Overview

The Luckymister Slot Machine Experience in Las Vegas Casinos

Understanding Slot Machines and Spinkings in Casino Games

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु ९ जना घाइते

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२

अझै पढ्नुहोस्

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्