टीकापुर ८ मा काङ्ग्रेस गठबन्धनकाे विपक्षमा,एक्लै चुनाव लड्न सक्षम भएको दावि

शेयेर गर्नुहोस

टीकापुर/सत्ता साझेदार पार्टीले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरे संगै स्थानीय स्तरमा नै खैलाभैला सुरु भएको छ । गठबन्धन भए पार्टीका कार्यकर्तामा एक किसिमको वितृष्णा उत्पन्न हुन सक्ने भन्दै गठबन्धनको बिराेध हुन थालेको छ ।

यसै क्रममा टीकापुर नगरपालिका वडा नं. ८ मा नेपाली काङ्ग्रेस वडा कार्य समितिले वडा नं. ८ मा गठबन्धन नगर्न अनुराेध पत्र बुझाएको छ । बैषाख ३ गते शनिबार वडा सभापति टीकाराम चाैधरीकाे हस्ताक्षर भएको पत्र टीकापुर नगर कार्य समितिलाई पठाएको छ ।

पत्रमा टीकापुर ८ मा अरु पार्टी भन्दा नेपाली काङ्ग्रेस तुलनात्मक रुपमा बलियो भएकाले स्थानीय निर्वाचनमा एक्लै काङ्ग्रेसको उमेदवारकाे जित सुनिश्चित भएकोले गठबन्धन नगरेर जान अनुराेध गरिएको छ । पत्रमा भनिएको छ पार्टी कार्यकर्ताकाे मर्म र इच्छा विपरीत गठबन्धन गरे मनाेवल खस्किनुका साथै पार्टी कम्जाेर हुने भएकाले वडामा गठबन्धन नगरि दिनहुन पार्टीलाई आग्रह गरिएको छ ।

वडा कार्य समितिले नगर कार्य समितिलाई लेखेकाे पत्रकाे बाेधार्थ क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति र जिल्ला कार्य समितिलाई समेत पठाएको छ ।

पछिल्लो पटक गठबन्धनको हल्ला चलिरहदा स्थानीय स्तरमा नेता तथा कार्य कर्तामा एक किसिमको वितृष्णा उत्पन्न भएको छ भने गठबन्धनका विरुद्धमा मतदान गर्ने खालका स्थानीय स्तरमा चर्चा परिचर्चा भएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is Paddy Power Casino?

Overview of SmokAce Casino Gaming Options and Services

What is AllySpin Casino? Overview of its Features and Services.

What is NY Lotto Casino in New York State?

LApplication de Jeu de Hasard Chicken Road 2 : Fonctionnalités et Informations Générales

What is Mr Sloty Casino?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

1win приложение сейчас

1win — скачать приложение букмекерской конторы ▶️ ИГРАТЬ Содержимое Установка приложения 1win Установка на Android Установка на iOS Функциональность и преимущества 1win Отзывы и оценки

अझै पढ्नुहोस्