TRENDING
Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device
OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online
Casoola App – installatie en gebruik van de mobiele casino-applicatie
User-Friendly Betting Sites: Making Online Betting Easier for Everybody
Mobile Casino Apps – Creating Your Gaming Easy
Next
Prev

टीकापुर नगरपालिकाले सय दिनकाे महत्त्वपूर्ण उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाले सय दिनकाे महत्त्वपूर्ण उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे छ । बिहिबार नगर प्रमुख रामलाल डगाैरा थारुले पत्रकार सम्मेलन मार्फत नगरपालिकाले सय दिनमा गरेका महत्त्वपूर्ण उपलब्धि सार्वजनिक गर्नुभएको हाे ।

पत्रकार सम्मेलनमा टीकापुर नगरपालिकाले टीकापुरका संस्थापक स्व. खड्गबहादुर सिँहको नाममा पार्क निर्माण गर्न प्रकृया अघि बढाइएको जनाएको छ । नगरपालिकाले टीकापुरलाई सम्पदा शहरका रुपमा विकास गर्ने प्रकृया अघि बढेको समेत जानकारी दिएको छ ।

उहांले फोहोरलाई मोहरमा परिणत गर्न विभिन्न संघ संस्थाहरु सँग समन्वय गरेर फोहोर व्यवस्थापनको काम अघि बढेको जानकारी दिनुभयाे । पत्रकार सम्मेलनमा ढल निकास, बजारको सुन्दरतालाई ध्यानमा राखेर हरियाली बगैचा निर्माण, सार्वजनिक शौचालयको व्यवस्थापन, टीकापुर अस्पतालमा उपलब्ध गराईदै आएको बालरोग र स्त्री रोग विशेषज्ञ सेवालाई निरन्तरता लगायतका कामलाई निरन्तरता दिईने बताउनुभयो ।

विगत वर्षहरुमा चर्चामा रहेको बाहिरी चक्रपथको काम समेत नगरपालिकाले यसै आर्थिक वर्ष भित्र सुरु गर्ने जनाएको छ । उसले रेखाङ्कन र कालोपत्रेको काम चालु आर्थिक वर्षबाटै सुरु गर्ने घोषणा गरेको छ ।

नगरपालिकाले टीकापुर क्षेत्रको समग्र विकासका लागि औद्योगिक ग्राम स्थापना सम्भाव्यता अध्ययन तथा जग्गाको सुनिश्चितता गरी लगानी सम्मेलन गरेर बाह्य लगानी भित्र्याईने बताउनुभयाे ।

नगर प्रमुख रामलाल डगौरा थारुले उज्यालो कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाईने बताउनुभयाे । उहांले सो कार्यक्रम अन्र्तगत नगर क्षेत्र भित्रका विभिन्न चोकमा हैलोजन लाईट जडानको काम सुरु भैसकेको जानकारी दिए । उनले निकट भविष्यमा कार्यक्रमलाई अभियानकै रुपमा निरन्तरता दिईने बताउनुभयाे ।
पत्रकार सम्मेलनमा विगतका वर्षहरुमा हुने गरेको असारे विकासको अन्त्य गरी बैशाख महिनाको मसान्त भित्र योजना तथा कार्यक्रमहरु सम्पन्न गर्ने नीतिगत निर्णय भएको समेत नगर प्रमुख थारुले बताउनुभयो ।

नगरपालिकाले टीकापुर पार्कलाई प्लाष्टिक रहित बनाउन प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने र विकल्पका रुपमा दुना टपरीको प्रयोग बढाउने योजना अघि सारेको पत्रकार सम्मेलनमा नगर प्रमुख रामलाल डगाैरा थारुले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device

OnlySpins login sul mercato italiano – gestione del conto dopo l’accesso al casinò online

Casoola App – installatie en gebruik van de mobiele casino-applicatie

User-Friendly Betting Sites: Making Online Betting Easier for Everybody

Mobile Casino Apps – Creating Your Gaming Easy

Casina Casino Login – Probleme bei der Anmeldung und mögliche Lösungen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाली कांग्रेसको आयोजनामा धनगढीमा १११ औं बीपी जन्मजयन्ती कार्यक्रम सम्पन्न

धनगढी, २५ भदौ – नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार प्रसार शाखाको आयोजनामा आज धनगढीमा १११ औं बीपी कोइराला जन्मजयन्ती भव्य रुपमा मनाइएको छ। सो

अझै पढ्नुहोस्