सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानियले गरे सडक अवरुद्ध

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /कैलालीको घोडाघोडी नगरपालिका वडा न ४ स्थित सिम्थरी माघि सडक अवरुद्ध भएको छ । वडा न ४ स्थित माघि,गैडाखेडा र रामपुरका स्थानियले कालोपत्रे गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध गरेका छन ।

वडा न ४ मा रहेको टेङना खोलाबाट ढुंगा,गिट्टी,बालुवा निकासिका लागि दैनिक २५,३० ओटा ट्रयाक्टर उज्यालो नहुदै जाने गरेको बताउदै गैडाखेडाका भलमन्सा बिर बहादरु चौधरी भन्छन, सडक कालोपत्रे नगरे सम्म ढुंगा,बालुवा उठाउनका लागि ट्रयाक्टर जान दिदैनौ ।
धुलोका कारण स्वास्थ्यलाई समेत असर पर्ने हुनाले सडक अवरुद्ध गरेको टेङना सामुदायिक बनका अध्यक्ष मान सिं बडाल बताउछन । धुलोका कारण दैनिकि जिवन कष्टकर त हुन्छ नै टेङना खोलाको कटानले बस्ती र खेतियोग्य जमिन समेत कटान भईरहेको अध्यक्ष बडालले बताए ।


टेङना खोलाबाट श्री स्थान निर्माण सेवाले ढुंगा,गिट्टी,बालुवा निकासि गर्ने गरेको छ । बर्षेनी डेड करोड बराबरको ढुंगा,गिट्टी,बालुवा निकासि गर्ने गरे पनि सडक मर्मत तर्फ कुनै चासो नदिएको स्थानिय मिन बहादुर केसी बताउछन । नगरपालिकाले पनि सडक कालोपत्रे तर्फ चासो नदिएको स्थानियको आरोप छ ।


२०७४ सालमा उक्त सडक बर्षेनि २ किलोमिटरका दरले कालोपत्रे गर्ने गरि टेण्डर भए पनि हाल सम्म १८ सय मिटर मात्रै भएको माघि होमस्टेका अध्यक्ष सिताराम चौधरीको भनाई छ । सडकका कारण होम स्टेमा आउने पर्यटकलाई पनि समस्या पर्ने गरेको उनको भनाई छ । यता उक्त कम्पनिका प्रतिनिधि धनन्जय कडायतले बाटो मर्मत गर्ने कार्य आफ्नो नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Genuine enjoyment awaits players exploring a world of chance with prestige casino and rewarding wins

Fonctionnement du Traffic Camera Game en ligne : principes et caractéristiques.

Jogo de Maquinas Caça-Riches LuckyHaul

Cosè Chicken Road 2: un gioco di casinò online con tema da scommesse?

Excellent opportunities await with casino classic bonuses and enhanced gameplay features

सम्बन्धितखवर

छुटाउनु भयो कि !