इन्धनको मूल्यमा वृद्धि

शेयेर गर्नुहोस

काठमाडौ / सरकारले गएराति देखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । त्यसैगरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु ९६ पुगेको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार आज रातिदेखि लागू हुनेगरी मुल्य वृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० वृद्धि गरी एक हजार ५०० कायम गरिने भएको छ । पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा रु दुई अर्ब २२ करोड घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Características y funcionamiento del juego de la Cámara de Tráfico.

Informacje o SuperCat Casino: opis i cechy platformy hazardowej online.

CCTV under Rush Hour forudsætninger og regler

Rush Hour CCTV: Definition og Brug i Kasinospil

Understanding Rush Hour CCTV Systems in Online Gambling Operations

Begrebet Traffic Camera Game: Et overblik over definition og funktioner.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ३ मा प्रथम वडा भेला सम्पन्न

माेहित श्रीपाइली,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. ३ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ । शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ३

अझै पढ्नुहोस्
समाचार

भूकम्पहरूले भत्काएका संरचना पुर्ननिर्माण चुनौतिपूर्ण

बहुप्रकोपीय विपदको सामना गर्दै आएको देश नेपालमा पछिल्लो समयमा गएका भूकम्पहरूले भत्काइका संरचना पुर्ननिर्माण गर्नु निकै नै चुनौतिपूर्ण हुँदै आएको यस क्षेत्रका विज्ञहरूले बताएका छन्

अझै पढ्नुहोस्