जमुना न्युरे/कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ स्थित महिनापोखर वन क्षेत्रबाट अवैध खयरको काठ लोड गरिएको ट्याक्टरसहित एक जनालाई वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ।

सब डिभिजन वन कार्यालय सुखड र डिभिजन वन कार्यलय सशस्त्र वनरक्षक पहलमानपुरको गस्ती टोलिले से १ त ३६०५ नम्बरको ट्याक्टरमा ढुङ्गाले छोपेर मुनि काठ लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारेको डिभिजन वन कार्यालय पहलमानपुर प्रमुख डिभिजनल वन अधिकृत जनक पाध्यायले जानकारी दिए ।

उक्त ट्याक्टरबाट ३१ थान को परिमाण ३९.४५क्युबिक फिट खयरको गोलिया बरामद गरिएको छ।
ट्याक्टर चालक घोडाघोडी नगरपालिका–८ बस्ने ३६ वर्षीय प्रेम चौधरीलाई र ट्याक्टर नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान गरि घट्नामा संलग्नलाई वन ऎन २०७६ र वन निमावली २०७९ अनुसार कानुनी कारबाही गरिने डिभिजन वन प्रमुख पाध्यायले बताए ।
डिभिजन वन कार्यालय पहलमानपुरले
निर्वाचनको समयमा कर्मचारी तथा सुरक्षा निकायहरू चुनावको तयारी र सुरक्षामा परिचालन हुने गर्छन्। यही मौकाको फाइदा उठाउँदै वन क्षेत्रमा तस्करीका घटनाहरू बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै वन कार्यालयले गस्ती र निगरानीमा कडाइ गरेको जनाएको छ।








