TRENDING
Discover the Exciting Globe of Free Cent Slot Machine Online
Next
Prev

६३३ प्रजातिका चराको अभिलेख राख्दै सजय बने सर्वोत्कृष्ट

शेयेर गर्नुहोस

धनगढी/विश्वभरका पंछीहरुका तथ्याङ्कको सुरक्षित भण्डारण, सार्वजनिककरण, पहिचान, बितरण तथा सांङखकिय विवरणहरुको अध्याबधिक राख्ने अन्तर्राष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डको तथ्याङ्क अनुसार सन् २०२४ मा इ–बर्डका प्रयोगकर्ता मध्ये नेपाल बाट चराहरुको रेकर्ड गर्नेमा भक्तपूर बोडेका सञ्जय था श्रेष्ठ शिर्ष स्थानमा रहेका छन् । श्रेष्ठले वर्ष भरी ६३३ प्रजातिका चराहरुको अभिलेख गरेका छन् ।

कर्नेल युनिभरसिटी फर अर्निथोलोजी अन्र्तगतको अन्तराष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डमा हरेक दिन प्रयोगकर्ताले आफुले देखेका चराहरुको तथ्याङ्क अपडेट गर्ने गर्दछन् जसलाई समिक्षकहरुले रुजु गरी अपडेट गर्ने गर्दछन् । अघिल्लो वर्ष सन् २०२३ मा चितवनका शंकर तिवारीकोे रेकर्डलाई यस पटक था ले उछिनेका हुन् । तिवारीले अघिल्लो वर्ष ६२४ प्रजातिका चराहरुको अभिलेख इ–वर्डमा अपडेट गरेका थिए ।

यस वर्ष शिर्ष १० स्थानमा था सँगै शंकर तिवारी, दिपक बुढाथोकी, युविन श्रेष्ठ, विष्णु थापा, प्रताप गुरुङ, मनशान्त घिमिरे, राजेन्द्र गुरुङ, संयम रुम्बा र प्रसन श्रेष्ठले क्रमशः ६१७, ५६७, ५२७, ५१६, ४८८, ४८१, ४७७, ४१९ र ४१७ प्रजातिका चराहरुको अपडेट गरेका इ–बर्ड नेपालका राष्ट्रिय संयोजक मनशान्त घिमिरेले जानकारी दिए । प्रयोगकर्ताहरुले संरक्षित क्षेत्र भित्र तथा वाहिर, शहर तथा ग्रामिण क्षेत्र, हिमाल, पहाड तथा तराई क्षेत्रमा सन् २०२४ को विभिन्न समयमा गएर डाटाहरुको संकलन गरी प्लेटफर्ममा अपडेट गरेका थिए ।

नेपालमा इ–बर्डको प्रयोग भएको समय देखि हाल सम्म प्रयोगकर्ताहरुले ८३९ प्रजातिका चराहरुको अपडेट गराएका छन् । जस मध्ये शिर्ष १० स्थानमा शंकर तिवारी (७६१ प्रजाति), मनशान्त घिमिरे (७२० प्रजाति), संजीव आचार्य (७०७ प्रजाति), युविन श्रेष्ठ (६८३ प्रजाति), सञ्जय था श्रेष्ठ (६७५ प्रजाति), राजेन्द्र गुरुङ तथा धिरज चौधरी (६७१ प्रजाति), कृष्ण भुषाल (६५१ प्रजाति), दिपक बुढाथोकी र क्यारोल इनिस्किप (६३२ प्रजाति) को अपडेट गराएका छन् ।

नेपालमा हाल इ–बर्ड प्रयोग गर्ने ब्यक्तिहरुमा पंछीविदहरु, विज्ञहरु, अनुसन्धानकर्ताहरु, वन्यजन्तु फोटोग्राफरहरु र विधार्थीहरुको संख्या धेरै रहेको र अपडेटका क्रममा प्रयोगकर्ताहरुको त्रुटीहरु पनि प्रशस्तै रहेको र भेटिएका त्रुटीहरुलाई समिक्षा गरि प्रमाणित गरी हटाउने तथा अपडेट गर्ने कार्यहरु भईरहेको इ–बर्डका राष्ट्रिय संयोजक घिमिरे बताउँछन् । कतिपय चेकलिस्टका प्रजातिहरुको अपडेट प्रमाणीकरणका लागी चराको बारेमा विस्तृत विवरण, फोटाहरु एवं आवाजहरु को समेत माग गरी हेरीने घिमिरे बताउँछन् ।

फोटाहरुको सन्दर्भमा इ–बर्डमा कतिपय अपडेट गरि राखिएका चराहरुको प्रष्ट विवरण भेटिने भएता पनि आवाजहरुको सन्दर्भमा लगभग ९५ प्रतिशत अपडेटहरु नेपाल भन्दा वाहिरका देशहरुमा रेकर्ड गरिएको हुँदा केहि प्रजातिहरुको आवाज ठ्याक्कै नमिल्ने हुन्छ र पछिल्लो वर्षहरुमा नेपालवाट पनि आवाजहरु रेकर्ड गरि केहि प्रजातिहरुमा अपडेट गरिएको छ ।

स्मरणीय छ, प्रजातिको फोटाको पेजहरुमा केहि प्रजातिहरु नेपालका प्रयोगकर्ताहरु दिपक बुढाथोकी, सञ्जय था श्रेष्ठ, मनशान्त घिमिरे र प्रताप गुरुङका पनि हाल अपडेट भईरहेका छने । पछिल्लो समयमा विश्वभरका प्रयोगकर्ताहरुको माझ नेपालको प्रजाति एवं चेकलिस्टहरुमा समेत धेरै सुधार आईरहेको छ जसको श्रेय चराको संरक्षणमा विभिन्न माध्यमवाट यस प्लेटफर्ममा जोडिनुहुने व्यक्ति विशेषहरुको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Discover the Exciting Globe of Free Cent Slot Machine Online

The Ultimate Guide to iBet Verovapaa: The Expert Online Betting Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कलाकर्मि संघको प्रदेश भेला सम्पन्न ,अध्यक्षमा बिसी

नेपाल साँस्कृतिक कलाकर्मी संघ सुदूरपश्चिम प्रदेश स्तरिय भेला तथा समिति गठन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।संघका राष्ट्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष साधना बि.सी.को

अझै पढ्नुहोस्

Arkada : вход 2025

Arkada онлайн казино – служба поддержки, чат и другие каналы связи ▶️ ИГРАТЬ Содержимое Arkada Онлайн Казино: Служба Поддержки, Чат и Другие Каналы Связи Служба

अझै पढ्नुहोस्