५२ औं विश्व सिमसार दिवस मनाइयो

शेयेर गर्नुहोस

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा विश्व सिमसार दिवस मनाइएको छ । ‘सिमसारःमानब हितको आधार’ भन्ने नाराका साथ सिमसार दिवस मनाइएको हो ।

उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले सिमसार क्षेत्र जोखिममा पर्दै गइरहेको बताएका छन् । ताल तथा सिमसार क्षेत्रको संरक्षणमा जुट्न आजको आवश्यक रहेको बताए ।

विभिन्न कारणले गर्दा घोडाघोडी क्षेत्रमा रहेका तालहरूको पानी पनि सुक्दै गइरहेको भन्दै रावतले चिन्ता व्यक्त गरे । वन क्षेत्रको संरक्षण नहुँदा सिमसार क्षेत्रहरू पुरिँदै गएको भन्दै नगरप्रमुख रावतले वन संरक्षणमा जुट्न पनि आग्रह गरेका छन् । सिमसार संरक्षण गर्न राज्यको मात्र जिम्मेवारी नभएको बताउँदै नगरप्रमुख रावतले यसमा सबै लाग्नु उनको भनाई थियो ।

घोडाघोडी र कर्णाली कोरिडोरमा रहेका ताल तथा सिमसारहरू नास हुँदै गइरहेको र नदी कटान, बाढी र डुबानले सिमसार क्षेत्र पुरिँदै गएको सहभागी वक्ताहरूको भनाई थियो । सिमसार जोगाउन सबैले आ आफ्नो ठाउँ बाट लाग्नु पर्ने उनीहरूको धारण रहेको थियो । सिमसार क्षेत्र नष्ट हुँदा जैविक विविधतामा पनि खतरामा पर्ने उनीहरूले बताए छन् । डिभिजन वन कार्यालय पहलमानपुर,बसन्ता संरक्षित वन परिषद् पहलमानपुरको सहयोग र घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चले कार्यक्रम आयोजनामा विश्व सिमसार दिवस मनाइएको थियो ।

सिमसारको संरक्षण र यसको महत्त्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फेब्रुअरी २ तारिखका दिन राम सार महासम्धी स्थापना गरिएको थियो । औपचारिक रूपमा नेपाल सन् १९८७ मा यस महासन्धिको सदस्य भएको हो भने सन् १९९१ देखि नेपालले यो दिवस मनाउन थालिएको हो । घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चका अध्यक्ष हेम बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खडक बहादुर रावत रहेका थिए ।

कार्यक्रममा बसन्ता संरक्षित वन परिषद् पहलमानपुरका अध्यक्ष पुष्कल बम, डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत राजीव चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष भरत बहादुर शाही, सामुदायिक बनका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । घोडाघोडी संरक्षण तथा जन जागरण मञ्चका सचिव हरिलाल सापकोटाको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन विश्वनाथ देवकोटाले गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणा

धनगढी, १७ पुस पूर्वउपप्रधानमन्त्री भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा घोषणा गरेका छन् । राजधानीमा एक पत्रकार सम्मेलन गरी रावलले नेकपा एमाले घोषित सिद्धान्त,

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी क्षेत्र संरक्षणका लागि सामुदायिक वनहरु संग अन्तरक्रिया

जमुना न्युरे/कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा घोडाघोडी क्षेत्र सरक्षणका लागि सामुदायिक वनहरु सङ्ग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै डिभिजन वन

अझै पढ्नुहोस्
समाचार

सामाजिक विकास जनसरोकारका सार्वजनिक सुनुवाइ सम्पन्न

धनगढी/सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले आफ्नो विषयगत क्षेत्रभित्र परेको जनसरोकारका विविध विषयमा आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको थियो । संसद् सहयोग परियोजना र संसदीय

अझै पढ्नुहोस्
समाचार

धनगढीमा अभाव छ सार्वजनिक शौचालय, प्रतियोगिताका नाममा नीजि कम्पनिलाई रकम

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा आवश्यकता अनुसार सार्वजनिक शौचालय निर्माण भएका छैनन् । धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र क्याम्पस रोडदेखि भन्सार कार्यालयसम्म दश भन्दा

अझै पढ्नुहोस्