हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा द्वारा शैक्षिक सामग्री वितरण

शेयेर गर्नुहोस

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ।

सो बिधालयमा अध्ययनरत बिपन्न,आर्थिक अवस्था न्यून,एकल परिवारका ३५ जना बिद्यार्थीहरु लाई झोला,कापी र कलम शैक्षिक सामाग्री बितरण गरिएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी(बाजे) ले बताउनु भएको छ।


बिगतका दिनहरुमा पनि सामुदायिक बिधालयलाई सहयोग गर्दै आईरहेको र आगामि दिनहरुमा पनि सामुदायिक बिधालय हरुमा शैक्षिक सामाग्री,बिद्यार्थीहरु लाई पोसाक बितरण गर्ने,बालबालिका लागि अनाथालय तथा जेष्ठ नागरिक संरक्षण कार्य गर्ने भाबी योजना रहेको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताउनु भएको थियो।


कापी,कलम र झोला शैक्षिक सामाग्री पाएकोमा बिद्यार्थीहरु निक्कै हर्सित भएका थिए भने वडा अध्यक्ष रुप बहादुर कुँवरले आर्थिक स्थिती निकै कमजोर भएका बिधालयमा अध्ययनरत बिद्यार्थी लाई सहयोग गरेकोमा फाउन्डेसन लाई धन्यवाद र आगामी दिनहरुमा फाउन्डेसन सँग समन्वय र सहकार्य गर्न वडा तत्पर रहेको ब्यक्त गर्नु भएको थियो।


बिधालय ब्यवस्थापन समिती अध्यक्ष भक्त बहादुर बिस्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रुप बहादुर कुँवर,बिशिस्ट अतिथि वडा सदस्य बिरु सुनार,हेमा श्री फाउन्डेसन नेपाल कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी(बाजे) रहनु भएको थियो। त्यस्तै अतिथिमा युवा ब्यवसायी टेक बहादुर बटाला,पुस्प बटाला,पृथ्वी बटाला,गोरख कुँवर, शिक्षक-शिक्षिका,फाउन्डेसनका पदाधिकारी,अभिभावक लगायत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।


स्वागत सहितको सुभकामना मन्तब्य शिक्षक कालू बिस्टले गर्नु भएको थियो भने कार्यक्रमको संचालन बिधालयका प्र.अ.उमाकान्त जोशी ले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाहले भने ‘भदौ ३१ मा बजेट’

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले समयमा बजेट ल्याउन नसक्दा अर्थतन्त्र धरासायी बनेको छ । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

टिकापुरमा बालबालिकालाई स्वेटर वितरण

टिकापुर / टिकापुरमा बालबालिकालाई चिसो बाट बचाउन न्यानो कपडा ( स्वेटर ) वितरण गरिएको छ ।टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित रहेको जनप्रकाश आधारभूत विद्यालय

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट कार्यक्रम

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ मा

अझै पढ्नुहोस्
समाचार

सालको चिरान काठ सहित एक जना प्रकाउ

सुखड/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ४ जल्के राष्ट्रिय बन बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले हरियो सालको रुख काटी चिरान गर्दै गरेको

अझै पढ्नुहोस्