TRENDING
Бонусы за регистрацию: как получить выгоду от своих ставок
Почему предвкушение триумфа повышает самоуверенность
По какой причине мы часто ощущаем азарт перед новыми проектами
Почему состояние ожидания результата запускает фантазию
Next
Prev

हामीलाई सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ : राष्ट्रपति

शेयेर गर्नुहोस

पाँंचथर / राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ ।

पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव २०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

“हामीले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहन्छौ”, पौडेलले भन्नुभयो, “यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकतावद्ध गरेर बन्छ । सबैलाई बराबरी सम्मान दिएर बन्छ । आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको हैन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र हामी सबै सबल हुनेछौ ।”

उहाँले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यवद्धता देख्न सकिने पनि उल्लेख गर्नुभयो । “हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदिप्तछ छौं” पौडेलले भन्नुभयो, “यो भूमी हाम्रा विभूती महागुरु फाल्गुनन्दको भूमी हो र महागुरु फाल्गुनन्दले आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत संस्कृतिको उत्थान तथा संरक्षणको लागि यही साधना र संघर्ष गर्नु भएको थियो । उहाँको योगदानले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको छ । उहाँले स्थापना गर्नुभको ‘सत्य धर्म मुचुल्का’ को नीति र धर्म सन्देशले हामीलाई मार्गदर्शन गरिरहने छ ।”

उहाँले अगाडि भन्नुभयो, “यी सबै हाम्रा हुन् । यी साझा सभ्यता र संस्कृतिले हामीलाई समन्वय, सामञ्जस्यता, एकता, सद्भाव र उदारता सिकाएका छन् । किनभने यी एक जातिका वा धर्मका स्रोत होईनन् । वेद हामी सबैको हो । मुन्धुम हामी सबैको हो । त्रिपिटक हामी सबैको हो । हामी अनेक जात, संस्कृति, सम्प्रदायमा छौं । तर सबै हामी नै हौं र, ति सबैको एकता, समभाव र सहअस्तित्वनै हाम्रो मुख्य परिचय हो ।”
राष्ट्रपति पौडेलले हामी सबै भएकैले सप्तरंगी र पूर्ण भएको पनि बताउनुभयो । “हामी सबै छौ, त्यसैले सप्तरंगी छौं, बगैँचाजस्तो । हामी अनेक रंगमा छौ, त्यसैले हाम्रो सभ्यता ईन्द्रेणीझंै सुन्दर छ । ईन्द्रेणीको एउटा रंग निकाल्ने हो भने जसरी त्यो ईन्द्रेणी ईन्द्रेणी हुँदैन, त्यस्तै हाम्रो साझा र एकतावद्ध सभ्यताबाट एउटा रंग निकाल्ने हो भने, हाम्रो सभ्यता अधुरो हुन्छ”, राष्ट्रपति पौडलेको भनाई थियो, “त्यसैले मलाई लाग्छ, हामी सबै छांै, त्यसैले पूर्ण छौं । त्यसैले नेपाल पूर्ण छ । यही नै हाम्रो पहिचान हो । यहीनै हाम्रो सभ्यता हो । यहीनै हाम्रो भव्यतम् संस्कृति हो ।”

यो कुरालाई स्विकार गरेपछि मात्र हामी एक मौलिक, सवल, समावेशी र अग्रगामी राज्यनिर्माण गर्न सक्ने स्पष्ट पार्र्दै उहाँले भन्नुभयो, “नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले यही मूल आदर्श र मर्मलाई आत्मसाथ गरेको छ ।”
यो अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्रले हामीलाई समावेशी, उदार, एकतावद्ध र समन्वयात्मक हुन आह्वान गरिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “म संविधानको त्यही मर्म र भावनाबाट अघि बढ्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अपिल गर्न चाहन्छु ।”

राष्ट्रपति पौडेलले देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको बताउँदै भन्नुभयो, “त्यसका लागि पहिलो खाँचो सुशासनको छ । म त्यही एजेण्डामा आज पनि उभिएको छु । र, हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी छ । यीनै विषयमा हाम्रो शिक्षा केन्द्रित हुनुपर्छ ।”

उहाँले हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, वायो डाइभर्सिटी छ त्यसलाई हामीले चिन्न नसकेको बताउँंदै भन्नुभयो, “हामी फोस्रा नारामा बढी बहकियौं । कुन उचाई र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौं । जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौं ।”

“ हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरौं । गाऊँमै रोजगारी र आम्दानी आउँछ । बसाई सराई रोक्न र जिल्लामै गुणस्तरीय उच्च शिक्षा दिलाउनका लागि पाँचथर बहुमुखी क्याम्पसले बहुधार्मिक र आध्यात्मिक महोत्सवको आयोजना गरेर प्रशंसनीय कार्य गरेको छ”, उहाँले भन्नुभयो ।

सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शिक्षा नीति, पाठय्क्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा प्रदान गर्नेतर्फ अबका हाम्रा कदमहरू केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Бонусы за регистрацию: как получить выгоду от своих ставок

Почему предвкушение триумфа повышает самоуверенность

По какой причине мы часто ощущаем азарт перед новыми проектами

Почему состояние ожидания результата запускает фантазию

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश सरकारले आफै घोडाघोडी पन्छी अभय आरण्य क्षेत्र घोषणा गर्‍यो कार्यक्रम ल्याएन

सुखड/सुदूरपश्चिम प्रदेश सरकारले पन्छीको वासस्थान संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले घोडाघोडी ताललाई मिति २०७८ साल फागुन २७ गते तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले ठुलै तामछाम

अझै पढ्नुहोस्
समाचार

सुखडमा १ सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा १ सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । “सबै महिला तथा बालिकाको लागी : अधिकार,समानता र सशक्तीकरण” भन्ने मूल नाराका

अझै पढ्नुहोस्
समाचार

कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान

धनगढी, चैत २९– नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्य समिति र जिल्ला कार्य समिति कैलालीले प्रकाशन गरेका भित्तेपात्रो २०८१ को विमोचन गरिएको छ ।

अझै पढ्नुहोस्