TRENDING
Бонусы за регистрацию: как получить выгоду от своих ставок
Почему предвкушение триумфа повышает самоуверенность
По какой причине мы часто ощущаем азарт перед новыми проектами
Почему состояние ожидания результата запускает фантазию
Next
Prev

स्वास्थ्यकर्मीको आन्दोलनमा संघसंगठनको साथ

शेयेर गर्नुहोस

जमुना न्युरे ,धनगढी  /धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् ।

तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् । उनीहरुले आइतबार धनगढी उपमहानगरपालिकाभित्र जम्मा भएर धर्ना दिएका छन् ।

सघिय सरकारको निजामती कर्मचारी ऎन २०७५ अनुसार कर्मचारी समायोजन भै धनगढी उपमहानगर पालिकामा आयका कर्मचारीहरुलाइ अहिले उपनगरपालिकाले आज आज भन्दाभन्दै ६ महिना देखि पारिश्रमिक रोकि दिएको छ।

धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्य तर्फका स्थायी कर्मचारीहरुले आइतबारदेखि सार्बजनिक बिदाको दिन बाहेक धनगढी उप- महानगरपालिका प्रशासन शाखामा हाजिरी गरि नगरपालिकाको प्रांगणमा जम्मा भइ कालो पट्टि बाँधी धर्ना दिने, माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा संचालन गरिएका कार्यक्रमहरुको प्रतिबेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र बिशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरुमा आन्दोलनरत स्वास्थ्यकर्मीहरु सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रम गर्दै आयका छन् ।

यसरी आन्दोलनका कार्यक्रम तीन बितिसक्दा पनि नगरपालिकाले कुनै चासो नदेखाय पछि नेपाल निजामती कर्मचारी युनियन सुदुरपश्चिम प्रदेश , निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कैलाली ,नेपाल निजामती कर्मचारी सगंठन कैलाली , नेपाल राष्ट्रिय कर्मचारी सगंठन निजामती कैलाली , एकीकृत सरकारी कर्मचारी सगंठन नेपाल कैलालीले एक प्रेस बिज्ञाप्ति जारी गर्दै आन्दोलनमा एकेबध्ता जनाएका छन् ।

बिज्ञाप्तिमा भनिएको छ नेपालको संविधान, २०७२ द्वारा प्रत्याभूत मौलिक हक अन्तर्गत स्थानीय तहको अधिकार सूचीमा रहेको आधारभूत स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत कर्मचारीहरुले यति लामो अवधिदेखि पारिश्रमिक लगायत कुनैपनि सेवा सुविधा नपाउँदा श्रम ऐन अन्तर्गतको प्राथमिक दायित्व बहन गर्नपनि स्थानीय सरकार चुकेको अनुभूति भएको छ। उ.म.न.पा. बाट तलब सुविधाको ग्यारेन्टी सहित दिइएको सहमतीको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरिएको समायोजन संशोधन बमोजिम ३/४ वर्ष अघि पदस्थापन भई कार्यरत स्थायी कर्मचारीहरुलाई दरबन्दी भन्दा बढि भएको भन्दै तलब भूक्तानी गर्न बन्द गरिएको विषय सभ्य समाजका लागि लज्जाको विषय हो ।

यदि यो स्वास्थ्यकर्मिको आन्दोलनलाई यथासिग्र सम्बोधन नगरिएमा आफुहरुले कडा आन्दोलन मा उत्रिने नेपाल कर्मचारी युनियन सु .प अध्यक्ष धर्म देउवाले बताए ।

उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले भने आफुहरुले कोरानाको कहरमा आफ्नो ज्यानको प्रभाव नगरेर सेवा गरियो ,अहिले आफुले कामको पारिश्रमिक नदिदा गाह्रो भएको लक्ष्मी राज उपाध्यायले बताए ।
बिगत ६ महिना देखि सेवासुविधा नपाउदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Бонусы за регистрацию: как получить выгоду от своих ставок

Почему предвкушение триумфа повышает самоуверенность

По какой причине мы часто ощущаем азарт перед новыми проектами

Почему состояние ожидания результата запускает фантазию

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश सरकारको विभेदपूर्ण व्यवहारका विरुद्ध अनलाइन मिडिया सञ्चालकहरुको ध्यानाकर्षण

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका अनलाइन मिडियालाई विभेद गरेको छ । मन्त्रालयले आम सञ्चार क्षेत्रको संस्थागत

अझै पढ्नुहोस्
समाचार

अतिक्रमण हटाएको आठ महिनामै वन हराभरा

जमुना न्युरे,धनगढी / कैलालीको चुरे गाउँपालिका–४ स्थित टाँकगडा र पनेरुगडा वन दुई वर्षअघिसम्म अतिक्रमणको चपेटामा थियो । ती दुवै वनको एक सय ५ हेक्टर क्षेत्रफल

अझै पढ्नुहोस्