सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले लिए सपथ

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रुपमा निर्वाचित भएका छन् । चारै जनाको सपथग्रहण समेत भएको छ । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बिच चारै जना सभापतिलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।  

निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ती पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीले माया पन्त छन् ।

निर्वाचित सभापतिहरुमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा एमाले, चौधरी नागरिक उन्मुक्ती र पन्त नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन्।
 
उनीहरुले मङ्गलबार सभापति पदमा मनोनयन गरेका थिए । नेकपा माओवादी केन्द्रले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबिच भएको छ ।

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा आयुष हमाल

नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) कैलालीको अध्यक्षमा युवा व्यवसायी आयुष हमाल नियुक्त भएका छन्। धनगढीमा निवर्तमान अध्यक्ष अच्युत दाहालको अध्यक्षतामा भएको एनवाइइएफको नवौं वार्षिक साधारण

अझै पढ्नुहोस्