सुदूरपश्चिम पर्यटन स्थलमा साइकल यात्रा २०७८ धनगढीबाट सुरु

शेयेर गर्नुहोस

धनगढी, पुस ३
सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको हो ।
साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बिच उद्धघाटन गरे ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा सुरु भएको साइकल यात्र पुस ५ गतेसम्म चल्ने बताइएको छ ।
साइकल यात्रामा भारत लगायत देशका बिभिन्न ठाउँका साइकल राइडरहरुको सहभागिता रहेको फारवेष्टर्न राइडर क्लबका अध्यक्ष भरतविक्रम शाहले बताए ।

धनगढीदेखि सुरु भएको साइकल यात्रा गोदावरी, खानीडाँडा हँुदै डोटीको बुडरसम्म पुग्ने अध्यक्ष भरत बिक्रम शाहले बताए ।
भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जनासहित नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके, कैलाली र कञ्चनपुरबाट पनि साइकल यात्री ८४जना सहभागि रहेका छन् ।

यात्राको अन्तिम दिन डोटीको बुडरमा साइकल रेस प्रतियोगिता समेत आयोजना गरीने छ । धनगढीस्थित निसर्ग हस्पिटलको स्पोन्सरसीपमा आयोजना गरिने प्रतियोगिताका विजेताहरूलाई पुरस्कारको व्यवस्था गरिएको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक कुबेरबहादुर शाहीले बताए ।

डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरीमा आयोजना गरिने साइकल रेसका विजेतालाई १५ हजार, उप–विजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार अस्पतालले स्पोन्सर गरेको छ ।
साइकल यात्रामा सहभागीलाई विभिन्न गाउँमा स्वागतका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन विकास कार्यक्रम ईकाइका निमित्त प्रमुख भोजराज पाठकले बताए ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कानून मन्त्री पूर्णा जोशी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव देवेश त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्छु :- मन्त्री आले

टीकापुर/संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएर छाेड्ने बताउनु भएको छ ।शुक्रबार टीकापुरमा विमानस्थलको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले साे कुरा

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सरस्वती पूजामा सामुदायिक विद्यालयका विद्यार्थीलाई झोलासेट

जमुना न्युरे, धनगढी/धनगढी उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर ‘झोलासेट’ वितरण गरिएको छ । धनगढी उपमहानगरपालिका वडा

अझै पढ्नुहोस्
समाचार

सुप साहित्य समाजले धनगढीमा प्रथम नाटककार पहलमानसिंह स्वार जयन्ती मनाइयो

धनगढी,सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा नेपाली साहित्यका विराट प्रतिभा प्रथम वियोगान्त नाटककार स्व. पहलमान सिंह स्वारको १४६औँ जन्म जयन्ती मनाईयो । सुदूरपश्चिमाञ्चल साहित्य समाजले स्व. स्वारको

अझै पढ्नुहोस्
समाचार

आरक्षणमा नयाँ विधिसहित सुझाव समितिले बुझायो मुख्यमन्त्री शाहलाई प्रतिवेदन

कैलाली । सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० मा थारु रानाथारु समुदायको प्रतिनिधित्व सम्बन्धमा सुझाव समितिले मुख्यमन्त्री कमल बहादुर शाहलाई प्रतिवेदन बुझाएको छ

अझै पढ्नुहोस्