सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तीनै जनाले गरे मनोनयन दर्ता

शेयेर गर्नुहोस

धनगढी / पुसरराष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उमेदवारहरुले मनोनयन दर्ता गरेका छन ।

सबैभन्दा पहिला सत्ता गठबन्धनबाट महिला कोटामा उमेदवार रेनु चन्दले उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री गीता देबी मालको प्रस्ताव र प्रदेश सभा सदस्य जानकी देबी कुवरको समर्थनमा उमेदवारी गरिन ।

चन्द २०६४ सालमा संविधान सभा सदस्य हुन । उनी अहिले नेकपा माओवादी केन्द्रकी केन्द्यि सदस्य हुन । यस्तै नेपाली काँग्रेसबाट अन्य कोटामा उमेदवार भएका कञ्चनपुरका बल्देब बोहरा र अपांग कोटामा उमेदवार बनेका नारायण दत्त भट्टले पनि मनोनयन दर्ता गरेका छन ।

नेपाली काँग्रेसका बलदेब बोहराको प्रस्तावकमा प्रदेश सभा सदस्य बहादुर सिह थापा र समर्थकमा प्रदेश सभा सदस्य प्रकाश बहादुर बम रहेका छन भने नेपाली काँग्रेसकै अपांग कोटामा मनोनयन दर्ता गरेका नारायण दत्त भट्टको प्रस्तावकमा गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट र समर्थकमा प्रदेश सभा सदस्य तुलसी देवकोटा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीले ४०० स्थानमा उम्मेदवार उठाउने र कैलाली १ बाट पार्टी अध्यक्ष रन्जिता

टीकापुर/मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार उठाउने तयारी गरेकाे छ ।

अझै पढ्नुहोस्
समाचार

५२ औं विश्व सिमसार दिवस मनाइयो

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा विश्व सिमसार दिवस मनाइएको छ । ‘सिमसारःमानब हितको आधार’ भन्ने नाराका साथ सिमसार दिवस मनाइएको

अझै पढ्नुहोस्
समाचार

धनगढीमा शनिवारे मेला बन्यो उद्यमी महिलाका सामग्री बिक्री गर्ने माध्यम

धनगढी/ कैलालीको धनगढीमा लाग्ने शनिवारे मेला स्थानीय महिला उद्यमीले बनाएका सामग्री बिक्री गर्ने गतिलो माध्यम बनेको छ। मेलामा स्थानीय महिलाका खाद्य परिकारदेखि घरेलु उत्पादन बिक्री भइरहेका

अझै पढ्नुहोस्
समाचार

मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखियो

धनगढी/कैलालीमा एक बजारको नाम परिर्वतन गरिएको छ । जिल्लाको बर्दगारीया गाउँपालिका –४ मा पर्ने साविकको मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखिएको वडा अध्यक्ष

अझै पढ्नुहोस्