TRENDING
Mostbet w Polsce – przewodnik po grze
4rabet login – how to access your online casino account in India
EnergyCasino online kaszinó biztonság és adatvédelem
Gama Casino Online – официальный сайт – вход и зеркало
Gama Casino Online – официальный сайт – вход и зеркало
Next
Prev

सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्री र भौतिकमन्त्री दिन शीर्ष नेताबीच ‘भद्र सहमति’

शेयेर गर्नुहोस


कैलाली /सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकासमन्त्री दिने विषयमा शीर्ष नेताहरूबीच सहमति भएको छ ।


नाउपा अध्यक्ष रन्जिता श्रेष्ठका अनुसार सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र भौतिक मन्त्री सहितको मन्त्रालय दिने विषयमा सहमति जुटेको हो । उक्त सहमतिमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि सकारात्मक भएका छन् ।


सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति नयाँ सत्ता गठबन्धनको सरकार निर्माणमा निर्णायक भएपछि मुख्यमन्त्रीसहितका मन्त्रालय दिएर सत्ता गठबन्धनको सरकार बनाउने विषयमा सहमति भएको अध्यक्ष श्रेष्ठले बताइन् ।


‘पटक पटकको संवाद र छलफल पछि हामीलाई मुख्यमन्त्री र भौतिकमन्त्री दिने विषयमा शीर्ष नेताहरू सहमतिमा पुग्नु भएको छ ’ उनले भनिन्, ‘सुदूरपश्चिममा थारु मुख्यमन्त्री बनाएर उहाँहरूले पनि राम्रो सन्देश दिन खोज्नु भएको छ । ’
अध्यक्ष रन्जिता श्रेष्ठले शीर्ष नेताहरूसँग अन्तिम समयसम्म सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी राखेकी थिइन् । दाबी नछोडेपछि शीर्ष नेताहरू बीच भद्र सहमति भएको उनको बताइन् ।
‘हामीलाई मुख्यमन्त्रीसहित भौतिक मन्त्रालय दिने विषय टुङ्गियो’ उनले भनिन्, ‘सुरुमा राजबन्दी रिहा गरायौँ अब मुख्यमन्त्री लिएर हामीले जनता समक्ष गरेको बाचा पूरा गर्दैछौँ ।’
नाउपाले मुख्यमन्त्री पाउँदा कैलाश चौधरी मुख्यमन्त्री बन्ने छन् । उनलाई अध्यक्ष रन्जिताले केही समय अघि नै दलको नेता चयन गरेकी थिइन् ।यता सुदूरपश्चिम प्रदेशमा पनि नागरिक उन्मुक्ति पार्टी करिब सहमति नजिक पुगिसकेका छन् । उनीहरूबीच केन्द्रमा तयार भएको एमाले माओवादीसहितको सत्ता गठबन्धनमा जाने विषयमा करिब टुङ्गो लागेको हो ।
हिजो नाउपाका सांसदहरूबीच भएको पटक पटकको छलफलमा नयाँ सत्ता गठबन्धन जाने विषयमा करिब टुङ्गो लागेको छलफलमा सहभागी एक सांसदले जानकारी दिए ।
‘हामी पहिलो काङ्ग्रेससँगै रहने कि एमाले माओवादीको सत्ता गठबन्धनमा जाने भन्ने विषयमा अन्योलमा थियौँ ’ उनले भने ‘अब हामी नयाँ गठबन्धनमा जाने भन्ने विषयमा करिब प्रस्ट भएका छौँ ।’
उनले नयाँ सत्ता गठबन्धनमा सबै एकजुट भएर जाँदा आफूहरूले मुख्यमन्त्री पाउने र थारु समुदायबाट मुख्यमन्त्री बनाउने अवसर खेर फाल्न नहुने भन्दै सबै सांसदहरूबीच करिब सहमति जुटिसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet w Polsce – przewodnik po grze

4rabet login – how to access your online casino account in India

EnergyCasino online kaszinó biztonság és adatvédelem

Gama Casino Online – официальный сайт – вход и зеркало

Gama Casino Online – официальный сайт – вход и зеркало

Gama Casino Online – официальный сайт – вход и зеркало

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का उम्मेदवारल शाहले सुरु गरे घरदैलो अभियान

धनगढी/सहिदको फोटोमा माल्यार्पण गरी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवारले घरदैलो अभियान सुरु गरेको छ । शुक्रबार कैलाली क्षेत्र नम्बर ५ का नेपाली

अझै पढ्नुहोस्