TRENDING
Discover the Exciting Globe of Free Cent Slot Machine Online
Next
Prev

सुदुरपश्चिममा मुख्यमन्त्रीका लागी शाहको बिकल्पमा देउवा र थापा

शेयेर गर्नुहोस

धनगढी/सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागी काग्रेंस संसदिय दलका नेता कमल बहादुर शाहको बिकल्पमा अन्य नेताहरु तयार भइरहेका छन् ।

निबर्तमान मुख्यमन्त्री समेत रहेका कमल बहादुर शाहको बिकल्पमा कञ्चनपुर २ बाट निर्वाचित बहादुर सिहं थापा, कैलाली ५ बाट निर्वाचित निबर्तमान भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश देउवा लगायतका नेताहरु उत्रिएका हुन् । नयाँ मुख्यमन्त्रीका लागी कमल शाह सगैं थापा र देउवाले लविङ गरिरहेका छन् । एमाले र काग्रेंसको नयाँ गठबन्धन बने सगैं नेतृत्व फकाउन नेताहरु काठमाण्डौँ केन्द्रित भएका छन् ।

नयाँ सत्ता समिकरण अनुसार सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली काग्रेंसले पाउने पक्का पक्की भइसकेको छ । अल्पमतमा परिसकेका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले साउन १८ गतेसम्म सरकार छोड्नै पर्ने हुन्छ । त्यस पछि बन्ने नयाँ मुख्यमन्त्रीका लागी काग्रेंसकै तिन जनाले दावी गरिरहेका हुन् । तत्कालिन समयमै काग्रेंस संसदिय दलको नेता बन्न चाहेका बहादुर सिहं थापा केन्द्रको निर्देशन अनुसार पछाडी हटेका थिए । प्काशमान सिहं समुहमा रहेका कमल बहादुर शाहले काग्रेंस कैलालीको १४ औँ अधिवेशनमा नारायण भट्टलाई सघाएकै कारण दलको नेता बन्ने अवशर पाएका थिए । गठबन्धन फेरिए सगैं मुख्यमन्त्री बन्न सफल भएका शाह फेरी मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

बैतडी पुख्र्यौली घर भएका बहादुर सिहं थापापनि काग्रेंसका पुराना नेता हुन् । काग्रेंस कञ्चनपुरको सभापति भइसकेका थापा यस पटक जसरीपनि मुख्यमन्त्री बन्ने दाउमा छन् । देउवा गुटकै नेता एनपी साउद समूहका मानिने थापाको यस पटक मुख्यमन्त्रीको बलियो सम्भावना रहेको तर्क समेत गरिएको छ । सुदुरपश्चिमको काग्रेंसलाई लिड गर्ने एनपी साउँद र रमेश लेखकले प्रदेशमा दुई गुट चलाएका छन् । लेखक गृहमन्त्री बन्दा एनपीको भागमा सुदुरपश्चिमको मुख्यमन्त्री पर्ने सम्भावना हुँदा बहादुरको पल्लाभारी हुने अनुमान गरिएको छ ।
यसका साथै काग्रेंस सभापनि शेर बहादुर देउवाका भतिजा प्रकाश देउवापनि मुख्यमन्त्री बन्ने लाइनमा छन् । निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले सघाए देउवा मुख्यमन्त्री बन्ने तयारीमा छन् । उनले सभापति देउवा पत्नी आरजुको स्वकिय सचिव बनेर लामो समय काम गरेका छन् । उनका साथै कञ्चनपुर–१ (२) बाट प्रदेश सभामा निर्वाचित भएका दिवानसिंह बिष्ट पनि मुख्यमन्त्रीका लागि केन्द्रमा लबिङ गरिरहेका छन् । शेखर कोइराला समूहका बिष्ट मुख्यमन्त्रीका लागि शेखरलाई लबिङ गर्न दबाब बढाइरहेको नेताहरुबिच चर्चा छ ।

एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) र एक जना स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर असार २० गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले बजेट समेत पास गर्न नसक्दा प्रदेशमा बजेट शुन्यता भएको छ । साउन १ गतेदेखी प्रदेश सरकारले राजश्व उठाउन पाएको छैन । सोही कारण प्रदेशको करोडौँ राजश्व गुमेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Discover the Exciting Globe of Free Cent Slot Machine Online

The Ultimate Guide to iBet Verovapaa: The Expert Online Betting Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

धनगढी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु,कुशल भुर्तेलको अलराउण्ड प्रदर्शमा डडेल्धुराको विजयी सुरुवात

कैलाली/क्रिकेटको शहर धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । गो ड्रिर्मसको आयोजनामा धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जुन ट्रफी राष्ट्रिय

अझै पढ्नुहोस्
समाचार

राजमार्गमा वन्यजन्तु मैत्री संरचनाको माग

कैलाली, भदौ २४/वन जंगल तथा करिडोरहरुमा विकासे योजना गर्दा वन्यजन्तु मैत्री पूर्वाधार बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । अब चौडाइ हुने पूर्व–पश्चिम राजमार्गमा वन्यजन्तु

अझै पढ्नुहोस्
राजनीति

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला सम्पन्न

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा

अझै पढ्नुहोस्
समाचार

हमाललाई पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रदान

धनगढी/कैलाली जिल्ला धनगढीको चर्चित विद्यालय स्टेपिङ स्टोन इङ्लिस स्कूलका संस्थापक तथा प्रिन्सीपल रामजी हमाललाई पूर्णानन्द जोशी राष्ट्रिय शिक्षा सेवा पुरस्कार प्रदान गरिएको छ। कैलाली जनपुस्तकालय

अझै पढ्नुहोस्